कसैले बट्टाबाट रोजेर,
चट्ट थुतेर,
लाइटरले आगो लगाएर,
घरी दुई औलाका बिचमा च्याँपेर,
म जलेको हेर्दै,
खरानी झार्दै,
घरी दुइ ओठका बिचमा च्याँपेर,
सर्र तानेर ,
मज्जा लिदै,
धुवाँ माथितिर फ्याँकिदिदाँ,
म ठुटो बन्छु,
अनि
उसले कुल्चेर,
उसैको बुट मुनि धुलो बनाइदिन्छ!
No comments:
Post a Comment