साथी त हृदयबाट मस्तिष्कतिर बसाई सरेछ अचेल,
बारम्बार याद आइरहेछ अचेल,
बिर्सिन खोज्दा झन याद आइरहेछ अचेल,
आँखामा राख्दा नबिझाउने उ,
हृदयबाट मस्तिष्कतिर बसाई सरेछ!
उसले गार्हो भो, सार्हो भो भन्दा यो मन दुख्थ्यो,
उसले हार्दा, नसकेर कुनै काम पर सार्दा,
म आफै लडे जस्तो हुन्थ्यो,
म आफै सडे जस्तो हुन्थ्यो,
अनि हात धाप मार्दै भन्थे मैले
"हरेस खान हुन्न,
बिग्रेको काम न हो, हामी हो र?"
साथी,
मेरो भन्ने उहीँ थ्यो,
उसको भन्ने मै थें, तर के भो अचेल?
साथी डेरा सरेछ अचेल,
हृदयबाट मस्तिष्कतिर बस्छ अचेल!
No comments:
Post a Comment