Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Sunday, July 16, 2017

उनको जन्मदिन



बर्षमा एक दिन मात्र आउने,
आज उनको जन्म दिन/

टेबलमा  ,
सजाएर राखेको केक,
सायद उनको कोमल मनको प्रतिक,

सुन्दर अक्षरमा ,
लेखिएको उनको नाम,
सायद उनको अनुपम पहिचान,

अनि केकको वरिपरि,
सजाएर  बालिएका मैनबत्ति,
सायद चिरायूको कामना,

मैन बत्ति संगै,
धपक्क बोलेको उनको यौबन,
सायद सुमुधुर जीवनको प्रतिक,

साथीभाई र आफन्तहरुको,
अनुपम  जमघट,
सायद मनोरम क्षण,

बर्षमा एकदिन मात्र आउने,
आज उनको जन्म दिन
एक महोत्सव  /


(दृश्य बदलिन्छ एकाएक,
अनायास  उनले एक एक गर्दै,
हरेक बत्ति निभाउछिन,
निभेका बत्तिको धुवाँ संगै,
हेपिबडे टू यू को कर्कश ध्वनिमा,
तालीको लयसंगै,
उनले  धारिलो छुरा,
केकमाथि लेखिएको,
आफ्नै नाममा  चलाउछिन,
अनि केकलाई  टुक्रा टुक्रा पारेर,
सबैलाई पुर्याउछिन/)

उनले हरेक बर्ष,
आफ्नो जन्म दिन यसरि नै मनाउछिन /

No comments:

Post a Comment