Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Friday, April 21, 2017

क्लाश जम्प कति आवश्यक ?

'सर मेरो बच्चा सात बर्षको भै सक्यो , बल्ल दुइ कक्षामा पढ्दै , यसलाई जम्प गरेर चार कक्षामा राखिदिनु पर्यो, बरु मैले डे बोडर्श गरिदिन्छु , अनि एक जना होम ट्युटर पनि खोजिदिनुहोस , यसलाई जसरि भए पनि  चौध/पन्ध्र बर्षमा कक्षा दश पास हुने बनाइ दिनु पर्यो /' एक जना अभिभावक मेरो अफिसमा अनुरोध गर्नुहुन्छ/
मैले सोध्छु, ' बच्चाको पर्फमेन्स कस्तो ?"
उहा भन्नुहुन्छ, 'ठिकै , पढ्न अलि स्लो , स्कुलको मिहिनेतले राम्रै संग पास भाको ( बुझ्छु अहिले उहा स्कुललाई दोष दिन चाहनुहुन्न, दोष दिए सायद रिसाउन सक्छु कि ?)
सोध्छु , 'तपाई किन जम्प गराउन चाहनुहुन्छ ?'
उहा भन्नुहुन्छ, 'हाम्रा नातामा पर्ने संगकाले चार कक्षामा पढ्छन, मलाइ पनि मैले प्रयास गनेहो भने यसले पनि जम्प गर्न  सक्छ जस्तो लाग्यो/ अनि एक बर्षको फि खर्च पनि बच्ने भयो नि होइन सर?'
बोल्छु ' ठिक , टिचर्सहरुसंग पनि सल्लाह गर्छु , अनि भोलि खबर गरौला नि है ?"
उहा भन्नु हुन्छ, 'मलाइ अहिले नै निर्णय चाहिन्छ सर,  नत्र मैले स्कुल चेञ्ज गर्ने डिसिजन गर्या छु'
उहा त्यहाँ बाट हिड्नु भयो तर मेरो मस्तिसकामा डेरा जमाएर बस्नु भयो /
अबश्य पनि हरेक बाबु आमाहरुको चाहना  आफ्नो बच्चा बिशेष होस् भन्ने हुन्छ/ आफ्नो बच्चाले कम उमेर मै आफुलाई अति प्रतिभाशाली प्रमाणित गर्न सकोस भन्ने अभिलाषा हुनु अश्वाभाविक पनि होइन / तर आजकल धेरै बालबालिकाहरु आफ्ना बाबुआमाका यस्तै अभिलाषाका शिकार भएका धेरै उदाहरण भेटिन्छन/ कतै हामीले आफ्नो इगो देखाउनका लागि बच्चाहरुको भबिष्य माथि खेलवाड गरिरहेका  छैनौ ?
हरेक बालबालिकालाई के सिकाउने भन्ने कुरा उसको उमेरसंग प्रत्यक्ष सम्बन्ध राख्छ/ निश्चित उमेरको बच्चालाई निश्चित कुराहरु सिकाउन आवश्यक हुन्छ / उदाहरणको लागि नर्सरी कक्षामा पढ्ने बच्चाले म्यांगो भन्न सिक्छ भने उसलाई यसको स्पेलिंग किन चाहियो ? उसले ग्रीन कलर चिन्न सक्यो भने यसको स्पेलिंग बिस्तारै सिक्दै जान्छ, तर आजकल हामी धेरै अभिभावक बिद्यालयले समेत के.जी. मा पदने बच्चालाई / का गुणन टेबल रटाइ सकेका हुन्छौ! कसैका सामु उसले चारका टेबल भन्दा तपाईलाई खुसि लाग्ला तर त्यो बच्चाले पाउछ के ?
यदि औषत बच्चालाई कक्षा जम्प गराइयो भने त्यो ठुलो दुर्घटना हुन सक्छ / सर्वप्रथम उसले सधै भरि आफूभन्दा उमेरले ठुला आफूभन्दाजान्नेसंग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ/ बिद्यार्थी कालमा मात्र नभएर जागिरको प्रतिस्पर्धामा पनि आफूभन्दा उमेरले ठुला संग प्रतिस्पर्धा गर्न झन् कठिन हुन्छ  किनकि कतिपय कुराहरु पढेर , मिहिनेत गरेर भन्दा उमेर बढ्दै गए पछि सजिलै पनि सिकिन्छ /

पढ्ने प्रक्रियालाई  स्वाभाविक बनाइनु पर्छ / अनावस्यक प्रेशर दिएर पढाउन खोजियो भने त्यो प्रतित्युत्पादक हुन् सक्छ / दुइ बर्षमा सिक्ने कुराहरुलाई ट्युसन टिचर राखेर एकै बर्षमा रटाउछु, एक बर्षको स्कुलको खर्च बचाउछु भन्ने सोचले बच्चालाई असर गर्छ नै / बच्चाको क्षमता पहिचान नगरी उसलाई जबर्जस्ति तैले सक्छस भन्दै कक्षा जम्प गराउदा झन् पछि पर्ने सम्भावना पनि हुन्छ / उसलाई मानशिक अशर पर्न सक्छ /
यदि बच्चालाई कक्षा जम्प गरियो भने पक्कै पनि उसले ल्याउने गरेको पहिलेको प्रतिशत घट्छ नै / तर यसमा शिक्षक , अभिभावक स्वयम्  पनि खुसि हुनु पर्छ/ यदि बच्चाले पहिले ९० प्रतिशत ल्याऊथ्यो तर कक्षा जम्प गरे पछि ५० प्रतिशत ल्याउदा पनि खुशी मनाउनै पर्यो, होइन ? त्यसै गरि त्यो बच्चाले हदै कम प्रतिशत ल्यायो भने पनि शिक्षक , परिवार सबैले धन्न पास भएछ भन्दै सहानुभूति देखाउनै पर्यो / अनि उक्त बच्चा बिस्तारै कम प्रतिशत अंक मै खुशी हुन् थाल्छ सायद जीवन भर आफुलाई त्यहि स्तरको लागि तयार गर्छ / अर्को तर्फ उसको साथी (जो कक्षा जम्प गरेको थिएन) ९० प्रतिशत ल्याउदा पनि कम भयो भनेर प्रयास गरि रहेको हुन्छ / उसलाई शिक्षक , अभिभावकहरुले सहानुभूति भन्दा पनि अझ पुगेन भन्दै हौशला दिइरहेका हुन्छन / यसले गर्दा उसलाई अझबढी मिहिनेत गर्ने बानी बस्छ /

बच्चालाई  सानो उमेरमा  ठुलो  कक्षामा पढाउनु  भन्दा उसले के सिकेको छ , उसको क्षमताको पहिचान भएको छ कि छैन ? त्यो थाहा पाउन आवश्यक छ /उसको क्षमता अनुसारको अध्ययन गर्ने बानीको बिकाश गर्न सकियो भने, अशल संस्कार सिकाउन सकियो भने,  परिवारमा अशल सदस्य बनाउन सकियो भने  अथवा  समग्रमा उ समाजको अभिन्न अंग भएर अशल नागरिक भएर बस्न  सक्यो भने १६/१७  बर्षमा कक्षा १०  पास गरेर केहि फरक पर्दैन / कम उमेरमा ठुलो कक्षा भन्दा पनि उमेर अनुशारको कक्षा, कक्षा अनुशारको अध्ययन, अध्ययन अनुशारको  संस्कार सिकेको छ कि छैन त्यो महत्वपुर्ण हो / त्यसैले हामी अभिभावकले यस्तो निर्णय लिदा बच्चाको खास क्षमता पहिचान गरेर , उसलाई पढाउने शिक्षकहरुसंगको परामर्शमा गर्नु आवश्यक / यदि बच्चाको कक्षालाई पढाइलाई आफ्नो प्रतिष्ठाको बिषय बनाइयो भने त्यसले बच्चाको भविष्यलाई झन् अन्धकार तर्फ़ धकेलिन सक्ने सम्भावना लाइ हरेक अभिभावकहरुले मनन गर्नु जरुरि /

No comments:

Post a Comment