आधुनिक समयमा
प्रबिधिले बिशेष महत्व राख्दछ
/ हरेक बाबुआमाको
चाहाना पनि
आफना बच्चाहरुले
प्रविधिको बिशेष
ज्ञान लिन
सकून भन्ने
देखिन्छ / सानै
उमेर देखि
कम्प्युटरमा दख्खल राख्न सकून
भन्ने चाहानाबाट
अभिप्रेरित भएर
प्रायजसो बाबुआमाले
बच्चाहरुलाई सानै
उमेरमा सकी
नसकी
मोबाइल , ट्याब,
ल्यापटप किन्दिएको
पाइन्छ / यो
यौटा फेशनको
रुपमा सहरिया
जीवनको अभिन्न
अंग पनि
बनेको छ
यद्दपि
यसलाई नकारात्मक
रुपमै
लिइनुहुदैन / तर
यहाँ निर
यौटा गम्भीर
प्रश्न के
उब्जिएको छ, "के हाम्रा बच्चाहरुले
यी मोबाइलहरुको
सदुपयोग गरेका
छन् ?" अबस्यपनि धेरै
अभिभावकहरु मोबाइल
प्रति नै
वाक्क भएका
गुनासाहरु सुन्न
पाइन्छ / आफ्नो
बच्चालाई कसरि
यो मोबाइलबाट
टाढा राख्न
सकिएला भन्ने
धेरै प्रश्नहरुको
बीचबाट यो
लेख लेखिएको
छ /
Source : Google |
अबश्य पनि
मोबाइलका धेरै
फ़ाइदाहरुलाइ कसैले
पनि नजर
अन्दाज गर्न
सक्दैन / यसको
सहि सदुपयोग
गर्न सक्ने
हो भने
यो ज्ञानको
भण्डार नै
हो / संसारका
हरेक कुनामा
भएका नयाँ
नयाँ आबिस्कार
देखि घटनाहरुका
बारेमा औलाका
टुप्पाले कि
बोर्डमा छुने
बित्तिकै आफ़ुलॆ
चाहेको समयमा
आफुले चाहेका
कुरा प्राप्त
गर्न सकिन्छ
/ अति सहज
र सुलभ
तरिकाले घरकै
सोफामा बसेर
संसार चहार्न
सकिने यो
प्रबिधि साच्चिनै
जादुमयी
र रहस्यमयी
छ / यसको
उचित
प्रयोग गर्न
सकेमा बच्चाहरुको
ज्ञान बिकाशमा
अकल्पनीय सहयोग
पुग्छ नै
/ तर हामीले
भोगेको मोबाइल
युगले के
साच्चिकै बच्चाहरुको
हित गरेको
छ ? यस सन्दर्भमा
यस लेखमा
मोबाइलका नकारात्मक
पक्ष केलाउदै
यसबाट कसरि
बच्चाहरुलाई जोगाउन
सकिएला भन्ने
बारेमा छलफल
गर्न खोजिएको
छ /
'केटाकेटीले बिगारेको मोबाइल बनाउन सकिन्छ
तर मोबाइलले बिगारेका केटाकेटी बन्न गाह्रो छ'
तर मोबाइलले बिगारेका केटाकेटी बन्न गाह्रो छ'
मोबाइलमा गेम खेल्नु केटाकेटिहरुका
लागि धेरै नराम्रो बानीको रुपमा बिकाश भएको छ / धेरै मोबाइल चलाउने केटाकेटीहरुमा धेरै
समस्या देखिन्छ / जस मध्ये केहि यस प्रकार छन् /
१. ध्यान मोबाइलमा
हुनेहुँदा उनीहरुले
बाबुआमाले भनेको
मान्दैनन /
२. गेम खेली
रहँदा एकोहोरो
भएर
स्क्रिनमा हेर्दा
त्यसले अबस्य
पनि आँखालाई
असर गर्छ/
३. एक ठाउँमा
बसेर गेम
खेल्दा उनीहरु
अल्छी हुने
र
मोटो देखिएपनि
शारीरिक रुपमा
सक्रिय नहुने
हुँदा तन्दुरुस्त
हुदैनन् /
४. एक्लै बसेर
मोबाइल चलाउदा
ब्यक्ति एकोहोरो
हुने , तुरुन्त
रिसाउने, झर्को
मान्ने जस्ता
ब्यबहार देखाउछन
/
५. साथीभाई र
आफ्ना आफन्तसंग
समय नबिताउने
हुँदा असामाजिक,
बेमतलबि, हुन्
पुग्छन / भर्चुअल
लाइफमा रमाउने
बानी बसे
पछि बास्तविक
जीवनमा सरोकार
राख्ने बिषय
बस्तुमा उनीहरुले
चासो दिदैनन/
६. पढाइमा ध्यान
दिदैनन, सामान्य
होमर्क सक्ने
बित्तिकै गेम
खेल्ने हतारोले
सबै अध्ययन
नै सकिए
जस्तो ठान्छन/
अनि अध्ययनमा
कम समय
दिन्छन / फलस्वरूप
उनीहरु पढाइमा
कमजोर हुन्
पुग्छन /
७. मोबाइलमा गेम
खेल्दा
बच्चाको सिर्जनशीलता
र आलोचनात्मक
सोचाइको प्रयोग
नहुने हुँदा
बच्चाको दिमाग
बोदो भएर
जाने सम्भावना
बढ्छ /
८.आउट्डोर गेममा
जस्तो बाहिरि
बाताबरणमा घुलमिल
नहुने हुँदा
मोबाइलमा ब्यस्त
हुने बच्चाहरु
समाजमा हुने
सामान्य घटनाहरुबाट
समेत
बेखबर हुन्छन,
तिनीहरुप्रति चासो
राख्दैनन्/
९.मोबाइल चलाउने
लत परेपछि
उनीहरुले हरपल
कसरि मोबाइल
पाइन्छ र
चलाउन पाइन्छ
भन्ने कुरामा
मात्र ध्यान
दिन्छन जुन
बेला उनीहरुले
असामान्य ब्यबहार
पनि देखाउन
सक्छन / यो
पनि एक
प्रकारको कुलत
नै हो
/
१०.पहिला मानिसहरु लोन्लिनेस (एक्लोपन)
बाट पिडित
हुन्थे भने
आजकल फोन्लिनेस
(फोनमा मात्र
ब्यस्त हुने
बानी )बाट
, अनि आजको चुनौती यो
फोन्लिनेसबाट
कसरि छुटकारा
पाउन सकिन्छ
भन्ने नै
हो /

यी बिबिध कारणले गर्दा आफ्ना बालबालिकालाई मोबाइलको कुलत बाट बचाउन अभिभावक चनाखो हुन् जरुरि छ / अबस्य पनि अहिलेको जमानामा बच्चालाई मोबाइल बाट टाढा राख्नु उचित हुदैन , उनीहरुलाई प्रबिधिसंग साक्ष्यातकार गराई समय सापेक्षे प्रबिधि मैत्री बनाउनु पनि जरुरि छ / उनीहरुले मोबाइल चलाउन आवस्यक पनि छ , तर मोबाइलले उनीहरुलाई चलाउन लागेको अबस्थामा हरेक अभिभावक सजग हुन् अत्यावश्यक भएको छ / त्यसो भए के गर्न सकिन्छ त बुँदागत रुपमा हेरौ /
१.
यदि हामी
बच्चालाई मोबाइलबाट
टाढा राख्न
खोज्दै छौ
भने पहिले
हामी
मोबाइलबाट टाढा
रहन जरुरि
छ किनकि
बच्चाले हामीले भनेको भन्दा
हामीले
गरेको कुरा
चाडै सिक्छन
/ हाम्रा
क्रियाकलाप नै
उसका लागि
रोल मोडेल हुन् / तसर्थ,
यदि स्वयम्
हामी
उदाहरण नबने
सम्म बच्चालाई
मोबाइल नचलाउ
भन्ने हैसियत
हामीसंग रहदैन
/
२.
बच्चालाई
मोबाइल बिहानमा
छुन समेत
नदिउँ, बेलुका
कुनै निश्चित
समय तोकेर
१ घण्टा
जति खेल्न
दिन सकिन्छ
/ हप्तामा एक
दिन शनिवार
मात्र मोबाइल
दिने गरेको
र यो
प्रभाबकारी भएको
अनुभब पनि
छ /
३.
मोबाइलमा एजुकेशनल
एप्सहरु डाउनलोड
गरिदिएर लर्निङ्ग
टुलको रुपमा
प्रयोग गर्न
प्रोत्साहन गर्ने
/ यू ट्युबमा
राम्रा कुराहरु
बच्चासंगै बसेर
छलफल गर्दै
हेर्ने /
४.
उनीहरुको
पढाइका लागि स्कुलको मात्र भर नपरी साँझ र बिहान घरमा कोर्स
बाहिरका पत्रपत्रिका
तथा कथाका
किताबहरु राखिदिएर
पढ्न लगाउने
/ पत्रपत्रिकामा भएका
शब्दजाल , कोठेपद,
बाटो पत्ता
लगाउ जस्ता
क्रियाकलाप गर्न
लगाउने /
५.
साथीभाई संग
खेल्नलाइ समय
छुट्याइदिने र
ब्यबस्था पनि
मिलाइदिने /
६.
घरमा एलेक्ट्रोनिक्स
बाहेकका इन
डोर गेम्सहरु
जस्तै चेस, लुडो, स्किपिंग,
चुंगी आदिको
ब्यबस्था गरिदिने /
७.
चित्र र
पेन्टिंग गर्न
लगाई प्रोत्साहन
गर्ने / पत्रपत्रिकामा
छ्पाउन प्रयास
गर्ने /
८.
बच्चालाई प्रसस्त
समय दिएर
उनीहरुलाई लोककथा,
गाउँखाने कथा,
नैतिककथा र कविता भन्ने
तथा लेख्न
लगाउने / संस्कृतका श्लोक , अंग्रेजीका
राइम्स , लोक
गीतहरु
स्मरण गर्न
लगाउने /
९.
उसले लेखेका
कथा , कविता
तथा चित्र
हरुको प्रसंशा
गर्ने /
१०. बच्चाले पाठ्यपुस्तक
मात्रै पढ्नुपर्छ भन्ने
छैन / कम्तिमा
पनि बिहान
एक घण्टा
र बेलुका
१ घण्टा
कपि, किताबसंग
बिताउने बानी
बिकाश गर्न सकियो
भने जान्नेभएपछी उनीहरु
आफै पढाइप्रति आकर्षित
हुन्छन /
यदि उल्लेखित
कुराहरुमा ध्यान
पुर्याउन सकियो
भने धेरै
हदसम्म मोबाइलको
कुलतबाट बच्चालाई
छुटाई मोबाइललाइ
बच्चाको ज्ञान
वृद्धि गने
लर्निग टुलको
रुपमा प्रयोग
गर्न सकिन्छ
/ यसमा बच्चाको
भन्दा पनि
स्वयम् अभिभावकको
अहम भूमिका
हुँदो रहिछ
/ सधै संझौ 'केटाकेटीले बिगारेको मोबाइल बनाउन सकिन्छ तर मोबाइलले बिगारेका केटाकेटी बन्न गाह्रो छ'
No comments:
Post a Comment