Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Wednesday, August 16, 2017

अनुत्तरित प्रश्न


म एक भातमारा,
अँ साँच्ची अहिलेसम्म,
मैले कति बोरा चामल मल बनाए हुँला?

म एक कुम्भकर्ण,
अँ साँच्ची अहिलेसम्म,
मैले कति हजार घण्टा घुरेर  बिताए हुँला?

म एक दिनमारा,
अँ साँच्ची अहिलेसम्म,
मैले कति सय दिनको सत्यनास गरे  हुँला?

 म एक नार्किसस,
अँ साँच्ची अहिलेसम्म,
मैले आफ्नै भजनमा कति हप्ता  बिताए हुँला?

म एक नारद,
अँ साँच्ची अहिलेसम्म,
मैले कतिका कुरा काटेर महिनौ  बिताए हुँला?

म एक गणेश,
अँ साँच्ची अहिलेसम्म,
मैले कतिका वरिपरि घुमेर बर्षौ बिताए हुँला?

म एक सिसिफस,
अँ साँच्ची अहिलेसम्म,
मैले एउटै दशामा कति दशक बिताए हुँला?

म एक दुर्योधन,
अँ साँच्ची अहिलेसम्म,
मैले अहंकारका  कति कार चढे हुँला?

No comments:

Post a Comment