हिजो आज यो
देश नै लोकमानमय
भएको छ / टि
भी हेर्नुस , फ्लास
न्युजमा लोकमान छन् , पत्रिका
पद्नुस हेड लाइनमा
लोकमान छन् ,एफ
एम सुन्नुस लोकमान
कै समाचार
! कुनै मेडिया हेर्दिन र
सुन्दिन भन्दै साथीकोमा पुग्नुस
फेरी प्वाक्क उसैले
कुरा निकाल्छ उनै
लोकमानको ! के
भन्नु ? कसलाई सुनाउनु ? कसरि
मुक्त हुन् सकिएला
बरै यो लोकमान
महामारीबाट !
![]() |
(बिरालोले मुसासंग मिलेर खान थाले पछि !) |
लोकमान त केवल
हलेदो हुन् नेपालीका
लागि , एक पटक
हलेदो भनेर चिने
पछि कोट्याई रहन
पर्दैन भन्ने नेपाली उखान
छ / नेपाली जनताहरुले
उनलाई चिनेको पंचायत
कालमै हो, राजा
ज्ञानेन्द्रका पालामा हो , ०६२/६३
पछि त यिनी
कतै काम लाग्दैनन्
भनेकै पनि हो
तर अचम्म ! हाम्रा
राजनैतिक दलहरुलाई यिनी अपरिहार्य
भए / सायद लोकमानले
कहिल्यै सोचेका थिएनन आफुलाई
अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको आसनमा योग्य
हुन्छु भनेर /
तर अफसोच त्यो कुर्चीमा बिराजमान
हुने योग्यता भएको
कुनै नेपाली भेटिएन हाम्रा
राजनीति दलहरुका सामू / भेटियोस नि कसरि
? सबै दलले एक अर्काको
बिरुद्धमा प्रयोग गर्न सकिने
लोकमान बाहेक अरु पाउन
गार्हो पनि थियो
/ अनि लोकमान ले
पनि सिकिहाले कुन
नेतालाई कसरि तह
लाउदै आफु
रमाउन सकिन्छ भनेर ! लोकमान
त हाम्रा नेताहरुले
गरेको भ्रस्टाचारमा मौलाएका
मुला न हुन्/ बेला
बेलामा लोकमानले त्रसाउछन् प्रचण्डलाई
, देउवालाई अनि
ओलीलाई अनुसन्धान गरिदिउ यो
वा त्यो घोटालाको
भनेर / अनि तै
चुप मै चुप
हुन्छन हाम्रा ठुला नेताहरु
लोकमानका अगाडी / यिनको योग्यता
अपुग थियो , त्यो
कसैले हेरेन, इतिहास
कालो थियो , कसैले
देखेन, अनि जब
उनलाई त्यो कुर्चीमा
बसाईयो, सबैलाई थाहा भयो,उनि त आफुलाई
सिंह ठान्दा रहिछन
, कानुन भन्दा माथि सोच्दा
रहिछन / ज्ञानेन्द्र लाई हटाउन
गार्हो भएन, प्रचण्डलाई
हटाउन परे साधारण
बहुमत भए पुग्ने
तर यिनलाई हटाउन
२/३ चाहिने
/ के प्रचण्डले कहिल्यै
सोचेका थिए
आफुले बनाएका लोकमान को
एम्बुशमा आफै पर्छु
भनेर !
प्रधानमन्त्री
भारत रहेको बेला
लोकमान सिंह कार्कीले
नेपालमा पत्रकार सम्मेलन गरी
लडाकु शिविरमा भएको
भ्रष्टाचारको मुद्धा ब्यूँतिने बताएपछि
माओवादी मा भुकम्प
आयो / त्यो
बेला सरकारले शिविरको
लागि दिएको चार
अर्ब रुपैयाँ माओवादीका
कमाण्डरहरुले बुझेर लगे ।
पैसा लगेर उनीहरुले
कसलाई दिए ? त्यो
स्पष्ट छैन ।
माओवादीले यो विषयलाई
१२ बुँदो सम्झौता
र शान्तिप्रक्रियासँग जोडेर व्याख्या
गर्छन् । यदि
तटस्थ भएर बोल्ने
हो भने लडाकु
शिविरको पैसा हिनामिना
शान्तिप्रक्रियासँग जोडिने विषय होइन
। फरक विषय
हो ।
त्यसैगरी,
एमालेका धेरै नेताहरुमाथि
अख्तियारले कारबाहीको तयारी गरेको
थियो । त्यो
दबाब पार्टीका माथिल्लो
तहका नेतामा थियो
। केही समय
अघि मुलुकका प्रभावशाली
२६ जना व्यक्तिमाथि
अख्तियारले अनुशन्धान शुरु गरेर
पत्र काटेको थियो/
तिनै २६
प्रभावशाली मध्ये
१२–१५ जना
सम्शदहरु अहिले महाभियोग दर्ता
गराउनेमा पर्छन । यसै गरि
सुडान घोटाला
को अनुसन्धान गर्ने
हो भने कांग्रेस
मुछिने भय छ
/ यिनै डर
र त्रासका विच लोकमान
को जन्म हुन्छ,
अनि उनि उन्मत्त
हात्ती जस्तो नाच्छन लोकमान हाम्रै
वरिपरि , हामी बन्छौ
मुक दर्शक /
तपाई हामीहरु यस्तो परिबन्दमा फ़साइएका छौ
कि लोकमान नहुदा अनगिन्ति
घोटाला र भ्रस्टाचार माथिका
छानविन हुने सम्भावना
टर्छ, जुन
रास्ट्र का लागि
घातक छ / अनि उनि रहदा उनले
हाम्रो कानुनी राज्यको
अबधरणा लाई नै
चुनौती दिएर कानून
भनेको गिद्धलाई माकुराको
जालो जस्तो बनाई
दिएका छन् / यदि
हामीले कुनै अमुक पार्टी
भन्दा माथि उठेर तथस्ट
भएर विवेकपूर्ण तरिकाले
सोच्ने हो भने
लोकमान हाम्रा लागि निल्नु
न ओकल्नु पो
भएका छन्/
अहिले लोकमान बिरुद्ध महाभियोग
दर्ता भएको छ
सम्शदमा / माओबादीका सम्शदहरुको नक्कली
हस्ताक्षर प्रयोग भएको सुन्नमा आएको छ
/ नक्कली हस्ताक्षर भएर दर्ता
गरिएको महाभियोगलाई
अब सम्शद्ले कसरि
लिने हो, सम्शद नै
जानोस ! अब हामीले
जान्न चाहेको यदि
लोकमान हटाईए भने अर्का
लोकमान नआउने ग्यारेन्टी यो
संबिधान र सम्शदले
गर्छ कि गर्दैन
? हामीलाई डर लोकमान
व्यक्तिको होइन
, बरु लोकमान बनाउने प्रवृतिको हो
/ बारम्बार गल्ति गर्ने दलहरुलाइ
कसले, कहिले बुद्धि
भरिदिने हो ? बहुदलमा
दलहरुको विकल्प छैन , नेताहरु
पनि आयात गर्न
सकिदैन , तर अफसोच
! हाम्रो वरिपरि हाम्रै दलहरुले भागबन्डाका
आधारमा बनाएका हजारौ लोकमानहरुलाई
कहिल्यै महाभियोग
लाग्ला ? भागबन्डाका आधारमा लोकमान बनाउने
प्रवृतिबाट हामी
नेपालीहरुले कहिल्यै छुटकारा पाईएला
?
No comments:
Post a Comment