दिदि ,
अहिले पनि आउन
पाईन क्यारे ,
भाई टिका लाउन
पाईन क्यारे , 
नियत हो कि
नियतिले,
यसै अल्झाईदियो यतैतिर,
अनि आज 
अनायास,
अतितका यादहरु बल्झाईदियो त्यतैतिर  /
दिदि ,
आज म आउन
नपाए पनि ,
त्यो ओखरलाई घज्याम्म फोड्न
नबिर्सनु ल ,
प्रतीकात्मक
नै सहि ,
तपाइले फोर्ने त्यो ओखर
,
मेरा लागि त
कहाँ ओखर हो
र दिदि ?
त्यसमा  त
मेरा मित्र बनेर
वरिपरि घुम्ने ,
अनि मेरै खैरो खन्ने ,
अनि मेरै खैरो खन्ने ,
दुस्टात्माहरुको  टाउको
पो देख्छु मैले
!
दिदि ,
निधारमा
टिका लाउन नपाएर
के भो र
?
तपाईका आशिषहरुले मेरो पुर्पुरो  भरिदिन
नबिर्सीनु होला,
म तिनै  तपाईले
दिएका आशिषको,
डिल-डिलमा उभिएर अनन्त  हिड्न
प्रयास गर्ने छु , 
तपाईले  भरेको
शाहस र आसले,  
अर्को बर्षसम्म मेरा जीवन
जिउने आधारहरु खोज्ने  छु  /
दिदि ,
आज म आउन
नपाए पनि ,
तपाईका हातको सप्तरंगी, 
टिका लाउन नपाए
पनि ,
सेल रोटि पकाउन
नबिर्सिनु होला ,
तपाइले पकाउने सेल रोटि
,
मेरा लागि कहाँ
सेल रोटि मात्र
हो र ?
त्यो त मेरो
डाह र आरिस
गर्नेहरुलाई ,
प्रतीकात्मक
नै सहि ,
सेल रोटि पकाए
जस्तै ,
तात्तातो
तेलमा डुवाएको पो
पाऊछु  मैले
/
दिदि ,
म आउन नपाए
पनि,
मखमली को माला
बनाउन नबिर्सनु ल
,
मेरो सम्झनामै मात्र भए
पनि ,
संघारमै
सहि , त्यहि टाँसी  दिनु
होला , 
त्यो माला,  मेरा
लागि कहाँ माला
मात्रै हो र
दिदि ?
त्यसमा त मैले
तपाईले  बर्सौ
देखि मेरा लागि  उनेका,
रंगिन  सपना,
र  रहरहरु
पो देख्छु /
दिदि ,
म आउन नपाए
पनि,
संगै देउसी र भैलो
खेल्न नपाए पनि,
दिपावली
गर्न नबिर्सनु ल,
दिदि,  तपाइले
बाल्ने ति दियोहरु
,
मेरा लागि कहाँ
सामान्य बत्ति हुन् र
?
ति हरेक दियोहरुमा,
मैले  मेरो
उज्यालो भबिष्य देख्छु,
निष्पट औशिको अन्धकारमा पनि
,
मैले मेरो जीवन
मार्ग पहिल्याउन सक्छु,
दिदि , मात्र तिमीले दिपावली
गरि रहनू /
No comments:
Post a Comment