Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Friday, December 23, 2016

क्रिसमस र हामी नेपाली


आजकल क्रिसमस आउदा धेरै नेपालीहरुलाई रमाइलो पर्व आए जस्तो हुन्छ / रमाउन पनि आखिर चाहिने बहाना नै हो / जाडोको समयमा यसो खानपिन गरेर रमाइलो गर्न क्रिसमस र न्यू इयर हाम्रो लागि राम्रा अबसर भएका छन / तर हामीले क्रिसमस मनाउँदा मनै देखि मनाएका हुन्छौ की  एक छिनको रमाईलोको लागि भन्ने  कुरा आजकल अति नै बिचारणीय भएको छ /  हाम्रो संदर्भको कुरा गर्ने हो भने एक पटक गहिरिएर सोच्नु पर्ने बेला आइसकेको छ /

देश धर्म निरपेक्ष भइसकेको अबस्थामा हिन्दू वा बौद्ध वा इस्लाम धर्म जे माने पनि धार्मिक सदभावनाका लागि अहिलेको ग्लोबल समयमा क्रिसमस मनाउने  साथीहरुसँग घुलमिल भएर क्रिसमस मनाउनु समय सान्दर्भिक नै हुन्छ , त्यसलाई अन्यथा लिनु आवश्यक ठान्दिन / अहिलेको समयमा विश्वबाट अलग्गिएर क्रिसमस हाम्रो पर्व होइन भन्दै यसका बारेमा पूर्ण अनभिज्ञ रहेर एकलकांटे हुनु पनि उचित लाग्दैन /
Photo Courtesy: Social Sites
युवा  बर्गको कुरा गर्ने हो भने ऊनि हरू जान्ने बुझने भएका हुन्छन् , जसको पर्व मनाए पनि रमाइलोका लागि मनाउछन / साथी भाईलाइ साथ दिन मनाउछन /कार्यक्रममा सहभागी हुन्छन् तर आस्था र बिश्वास आफ्नै धर्ममा हुन्छ / अरुको धर्म प्रति श्रद्धा देखाउछन / खुसी साटासाट गर्छन / क्रिसमस पछि आफ्नै धर्ममा फर्किन्छन / नफर्किए पनि जानेर बुझेर गएका हुन्छन् , धार्मिक स्वतंत्रताको अभ्यास को रुपमा स्विकार्नु पर्छ / उसको अधिकारको पनि सम्मान गर्नु पर्छ /

मेरो कौतूहलता  के मा हो भने आजकल प्राय जसो बिद्यालयहरुमा साना केटाकेटीहरूलाइ  Santa Claus  बनाएर भब्य रुपमा क्रिसमस मनाएको पाइन्छ / उनीहरुका कोमल मस्तिष्कमा   Santa Claus ले गिफ्ट दिने कथाहरू भनिन्छ, क्रिसमस ट्री लाइ झिलिमिलि बनाएर सिंगारिन्छ, उनीहरुलाई रातो क्याप र रातै पोशाकले  रंगीचंगी बनाईन्छ ,  सेतै फुलेको  दारी जुंगा हालिदिएर ऐना मा हेर्दा आफैलाई नचिन्ने जस्तो बनाईन्छ / अनि  त्यों बाल मस्तिष्क मा यौटा जादूगरी Santa Claus को इमेज राखदिनछौ /  त्यसको प्रभाब त्यों बच्चामा के पर्छ हामीले कहिल्यै सोचेका छौ? के त्यों बच्चाले त्यों प्रभाब मस्तिष्कबाट  सजिलै हटाउन सक्छ ?  के हाम्रो बिद्यालयले सबै बिषयका पाठ्यक्रम मा त्यों तह सम्मको पढाई गर्ने औकात राख्छन ?  के धार्मिक ज्ञान वा जानकारीका नाममा ति अबोध बालबालिकाहरुमा त्यों हद सम्म पुग्न आवश्यक छ? यो सोच्ने कसले ? अभिभावकले ? बिद्यालयले ?  सरकारले ? के तीनिहरुले नजानिदो किसिमले ति अबोध बालबालिकाको मस्तिष्कमा क्रिसयनिटीको बीउ  रोपी रहेका छैनन ?

वास्तबमा भन्ने हो भने धर्म परिवर्तन भन्ने नै हुदैन / यदि कसैले परिवर्तन गर्छ भने त्यों उसको आवश्यकता होला स्वाभाविकता हुनै सक्दैन / तिजका गीत  सुन्दै माइतीले बोलाउने आशमा बस्ने तर क्रिसयियन हूँ भन्नेका त के कुरा गर्नु र ?  तर धर्म परिवर्तन सम्भब छ यदि बच्चा देखिनै उनीहरुलाई त्यसको अभ्यास गराईयों भने / हिन्दू धर्म मान्ने एक युवालाई क्रिसयियन बनाउन जति कठिन छ , त्यति सजिलो हुन्छ सानो बच्चालाई  अहिले  देखिनै त्यसमा ट्रेन गर्ने हो भने / त्यसैले कतै हमरा   बिद्यालयहरू नजानिदो किसिमले पश्चिमी संस्कृतिको मलजल गर्ने स्थल त भएका छैनन ? ल्होसार र ईदको बिदा  भएको भोली पल्ट बिद्यार्थीले ति दुइ शब्द भन्दा बढ़ी भन्न जान्दैन तर क्रिसमसको बेला यशुको परम भक्त जस्तो बनाईन्छ  ! के हाम्रो शिक्षाले हाम्रो धर्म र संस्कृतिको संरक्षणमा सहयोग  गर्ला त यसै गरि अघि बढ़ने हो भने ?

हांमी अभिभावकहरू एकातर्फ देश  इशाईकरण भयो भनेर चिया गफ चुटी  रहेका हुन्छौ , अर्को तर्फ आफ्ना बालबालिकाहरुलाई त्यतैतिर उन्मुख गराई रहेका त छैनौ नजानिदो किसिमले / हामीले नजानेर, नबुझेर , ख्याल ख्यालैमा  हाम्रा बच्चाहरुलाई अर्कै धर्म प्रति प्रेरित त गरेका छैनौ ?  त्यसैले एक पटक गहिरिएर सोचने हो की ?

No comments:

Post a Comment