Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Tuesday, September 20, 2016

लोकमान र आजको राजनीति




ओली प्रचण्डले कांग्रेशसंग मिलेर  लोकमान बम बनाए उहिलेहरेक नेपालीको चाहना बिपरितउनीहरु ढुक्क थिए यो बम आफ्नैहातबाट  रिमोट चलाएजस्तै  चाहेको बेलामा डिफ्युज गराउन पनि सकिन्छ , अरुको बिरुद्ध बिस्फोट गराउन पनि सकिन्छ,  तर समय ओलीको हातमा रही रह्यो प्रचण्डको ! अहिले प्रचण्ड त्यो बम डिफ्युज गराउन चाहन्छन किनकि उनलाई डर , अनि थाहा , लडाकु भर-पोषण  घोटाला बाहिर आयो भने त्यसको परिणाम ! जबकि ओलिहरु बिस्फोट गराउन चाहन्छन अख्तियार अनुसन्धानको नाममा  अनि  कांग्रेश रमिता हेर्न चाहन्छ: दुइ साढेहरुलाई जुदाएर ! हिजोआजका हरेक मेडिया हेर्ने हो भने जता ततै लोकमान छाईएका छन  , उनलाई एक पक्षले गाली गरेको हुन्छ , अर्को पक्षले (आदर होइन) समर्थन गरेको हुन्छसायद आजको नेपाली राजनीति यसैको वरिपरि घुमेको /

के नेपाली जनता तिन दलिय सृजीत  लोकमान प्रबिर्ती प्रति अनभिज्ञ छन? के लोकमान दण्डहीनता लाई पुरस्कृत गर्ने प्रबिर्ती बाट जन्मिएका होइनन? के नेपालमा अख्तियारको कुर्चीमा बस्न लायक लोकमान बाहेक अरु कोहि छैन? लोकमानको नियुक्तिमा सबै दललाई एकै ठाउमा ल्याउने अदृश्य शक्ति के थियो? के यी प्रश्नहरुको उत्तर दिने क्षमता हाम्रा दलहरुले राख्छन ? लोकमानलाई दुइ तिहाई मतबाट हटाउने निर्णय किन गर्न सक्दैन हाम्रा दलहरु ?


उत्तर  सहज , लोकमानको एउटा अनुसन्धानले  हाम्रा जो कोहि ठुला भनिने नेताहरु माकुरे जालोमा फस्ने निश्चत के प्रचण्डले भन्न सक्छन लडाकुको भरण पोषणका बारेमा स्वतन्त्र छानविन गर भनेर? यदि उनि स्वच्छ हुन्थे  भने भन्न सक्नु पर्छ , "आउ लोकमान छानबिन गर बरु राजिनामा दिन्छु" ,  यसले उनको उचाई बढ्थ्यो तर प्रचण्ड त्यसो गर्न सक्दैनन  , उनि लोकमानलाई भन्दै छन "हामी तिमीलाई बचाऊछौ, तिमि हामीलाई बचाऊ " यसरि हरेक नेपालीले प्रस्ट के बुझ्नु  जरुरि भने प्रचण्ड, लोकमान हिडेर आएको बाटो ठिक , दुवै गलत बाटोबाट त्यहाँ सम्म पुगेका छन / दुबैले लोकतन्त्रका पदचापमा हिडेका छैनन्, दुबैलाई कहिँ कहिँ आफ्नो विगतले टोक्छ, पिरोल्छकम्युनिस्टहरुले बिश्वास गर्ने "गलत बाटो हिडेर सहि गन्तव्यमा पुग्न सकिदैन " भन्ने सिद्दान्तले यहाँ काम गरेको / प्रचण्डलाई डर , मानब अधिकारबादीहरुको, पुर्व लडाकु तथा कार्यकर्ताहरुको जसलाई सपना बाढेका थिए , ति सपनाहरु प्रचण्ड प्रधानमन्त्री हुदा झन् पर सरेका छन लोकमानको कुर्चिले तिनीहरुलाई झन् पोल्छ / नेपाली जनताले चाहेको लोकतन्त्र कस्तो हो ? लोकमानलाइ  ल्याउने र फाल्ने मात्र हो कि ? पद्दति र सस्कार बसाल्ने हो ? जनता  कहिले  सम्म  भेडा बनिरहने हो  ?

हाम्रा राजनीतिक दलहरुले दण्डहीनतालाई प्रशय दिदा, प्रचण्ड लोकमान को यो लिला टुलुटुलु हेर्नु परेको हो हामीले/ पक्कै पनि द्वन्दकालिन मुद्धाहरुलाई  बल्झाएर प्रचण्डलाई जेल पठाउनु पर्छ भनेको होइन, बृहत शान्तिसम्झौता अगाडिका मुद्धाहरुमा  फसाउनु पर्छ भनेको होइन तर बृहत शान्ति सम्झौता पछिका अनियमितताहरुको छानबिन हुन आवश्यक , यदि लोकमानले त्यसको छानविन गर्छु भन्छन भने हामीले स्वागत गर्नु पर्ने होइन ? तर हामी के पी क्याम्प पी के क्याम्पमा -आफ्ना गुटका चस्मा लगाएर यी घटनाहरुको बिरोध वा समर्थन गर्दै छौ, हामीले यस्तो कहिले सम्म गर्ने हो?

यदि प्रचण्डलाई लडाकुको ब्यबस्थापनको खर्चमा छानविन नगर्ने हो भने , एउटा नजिर बसी सकेको हुने , मधेशी  नेताहरुले शहिदहरुको नाममा खर्च माग्दै छन , भोलिका दिनहरुमा त्यहापनि घोटाला हुने सम्भावना , त्यहाँ पनि अख्तियार पुग्नु पर्ने हुन्छ अनि त्यो सम्भावना पनि टर्छ / हरेक अपराधहरुलाई राजनीतिको रंग दिएर, दण्डहीनतालाई बढवा दिदा हामीले कल्पना गरेको लोकतान्त्रिक , न्यायपुर्ण राज्य  बन्दैन/ कैलाली घटनामा भएका अपराधीहरुलाई  राजनीतिको रंग  दिएर छुटकारा दिने हो भने  हिजो मात्र राजधानीका  बिद्यालयहरुमा बम राख्नेहरुले पनि आफुलाई राजनीतिको रंग दिसकेका छन, फलस्वरूप पुलिसको काम अपराधी समाउने छोड्ने हुन्छ /अपराधीको मानोबल बढ्ने झन् ठुला अपराधमा संलग्न हुने सम्भावना हुन्छ/ यो कुरा  हिजो  बिद्यालयमा भएको बम आतंकले पुस्टि गरिसकेको जसमा बसमा  आगजनी गर्नेलाई दण्ड नदिदा बम बोकेर हिड्ने भएको पाईएको  /

त्यसैले यदि हामीले सभ्य, नैतिक न्यायिक समाजको  निर्माण गर्ने हो भने कुनै पार्टीको अन्धभक्त समर्थक भएर होइन, स्वतन्त्र नागरिकको रुपमा हामीले भन्न सक्नु पर्छ, "शंकाको घेरामा परेको जो कोहिको पनि निस्पक्ष छानबिन हुनुपर्छ चाहे लोकमानको समशदीय छानविन होस् या लोकमानको अख्तियार अनुसन्धान होस् प्रचण्ड माथिको /दोषी देखिए दण्ड दिनुपर्छ कानून बमोजिम चाहे प्रचण्ड या लोकमान या अरु कोहि जो भएपनि  !"
(Cartoon courtesy : Batsayan )


No comments:

Post a Comment