Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Monday, September 26, 2016

फेसबुकले मारेको समबेदना !


केहि दिन अगाडी मेरा एक घनिष्ठ  मित्रको आमाको  निधन भएको खबर फ़ेसबुक बाट थाहा पाए, उनि आफैले फेसबुकमा एउटा पोस्ट लेखेर शबको फोटो सहित  ममतामयी आमाको मृत्युको खबर गर्दै स्वर्ग बासको कामना गरेका थिए / सबैभन्दा पहिला मलाई त्यो फोटो पोस्ट उनी मित्रको हो भन्ने पत्यार लागेन, सायद जन्म दिने आमा नहोलिन जस्तो लाग्यो, तर बास्तबिकता मैले सोचेजस्तो रहिनछ / यो एउटा प्रतिनिधि घटना हो , यस्ता पोस्टहरु आजकल फेसबुक जस्ता सामाजिक संजालमा जताततै हेर्न पढ्न पाइन्छहाम्रो लागि मृत्यु असामयिक नै हुने गर्छ जतिसुकै बृद्ध उमेरमा भएपनि / सामाजिक संजालमा पढिने  संवेदनाका खबर पोस्टमा देखिने शव सितका सेल्फीले हाम्रो समबेदना , संबेदनशील अबस्थामा पुर्याएकोछैन ?

गत आइतबार मात्रै पूर्व गृह मन्त्रि माधव घिमिरे  सवारी साधन दुर्घटनामा परेर बेपत्ताहुनुभयो, आज सरकारले उहाको खोजीको प्रयास जारी राख्यो, तर फेसबुकमा जता ततै उहाको महिमा गाउदै फोटोहरु राखियो, रिप लेखियो, तर फेसबुकमा  कसैले पनि  उहाको चमत्कारिक आगमनको कामना गरेन, हो मृत्युको  सम्भावना धेरै थियो तर श्रद्दान्जली फेसबुकको भित्तामा टास्न कुनै प्रतिस्पर्धा गर्न जरुरि   थिएन नि !  

आर्यघाटमा चितामा जलिरहेको शवको फोटो फेसबुकमा राख्दा त्यो व्यक्तिको नजिकको आफन्तको मनमा के असर पर्छ भन्ने ति फोटो राख्ने ले कहिल्यै  सोचेका होलान? त्यो फोटो फेसबुकमा राख्न सम्बन्धित परिवारको अनुमति लिन आवश्यक कि छैन ? के शारीरिक रुपमा घाटमा मलामीको रुपमा  उपस्थित हुदैमा उसले संबेदनहीन  भएर त्यस्ता फोटाहरु पोस्ट गर्न पाउछ? आजकल  मलामीको रुपमा उपस्थित हुनु पनि एउटा कर्म काण्ड बनेको , शब जली रहेको हुन्छ, हतार हतार उपस्थितिमा आफ्नो हाजिर फोन नम्बर लेख्छ ( उस्तै परे आफ्ना साथी अन्य परिवारका सदस्यको समेत जो त्यहाँ हुदैनन), एउटा फोटो लिन्छ अनि कुलेलम ठोक्छ/

पहिले पहिले गाउमा कोहि मरेकोसुने मात्र  पनि एक छाक नुन खानु हुदैन भन्ने मान्यता थियो, मलामी जानु भनेको शुरु देखि अन्त्य सम्म घाटमा उपस्थित भएर सहयो गर्दै दुख प्रकट गर्नु थियो, मृतकको बिछोडको पिडामा थोरै भएपनि मलम लगत्यो होलाजो जति टाढा भएपनि एक पटक मृतकको घरमा पुगेर समबेदना प्रकट गर्ने प्रचलन थियो / यसले आफन्तको मनमा थोरै भए पनि बेदना कम हुन्थ्यो होला तर आजकल विश्व नै ग्लोबल भिलेज बनिरहेका बेलामा प्रचलनको नाममा हुबहु त्यस्तै नै गर्न सम्भब छैन, सबै मर्ने हरुको नाममा नुन नखान सम्भब छैन यद्दपि हामीले कुन हद सम्मको सहानुभूति समबेदना साट्न सकिन्छ , त्यो भने सोच्ने बेला आइसकेको ! हाम्रो सहानुभूति समबेदना फेसबुकका वालहरुमा देखिने देखावटी बनावटी हो कि ब्यबहारमा पनि झल्किने वास्तविक हो सबैले सोच्नु पर्ने बेला आइसकेंन ?

आफै कल्पना गर्नुस , तपाइको सबै भन्दा नजिकको मान्छेको मृत्यु भएको , तपाइलाई यो सपना हो कि  वास्तविक हो , स्वीकार्न सक्नु भएको छैन, तपाइको  भाई वा बहिनीको बिशेष परिस्थिति छ, र तपाइले त्यो समाचार उसलाई निश्चित समय सम्म दिन चाहनुहुन्न, तर तपाइले फेसबुक खोलेर  हेर्नु भयो भने तपाइको आफन्तको फोटोमा / सय लाइक रेस्ट इन पिस (रिप ) आइसकेको हुन्छ, तपाई मृत्यु स्वीकार्न नसकेर बस्नु भएको , तर फेस बुकमा तपैका सबै साथीहरु रेस्ट इन पिस लेखिसकेका छन् मानौ त्यो मृत्यु उनीहरुका लागि नियमित प्रक्रिया हो, सहज स्वीकार्ने अवस्था हो , यदि उसलाई मृत्युले छुन्थ्यो भने देख्ने बित्तिकै उसले त्यो कसरि लाइक गर्न सक्छ ? कसरि टाइप  गर्न सक्छ 'रेस्ट इन पिस '? मृत्यु को खबर सुने पछि मान्छे पाच चरण पार गरे पछि   मात्र मृत्युलाई  स्वीकार्न सक्छ भन्ने पश्चिमाहरुको बुझाई / नजिकको व्यक्तिको मृत्यु हुदा खबर सुन्नेले पहिला मृत्युको अस्विकार गर्छ, पत्याउदैन, नै किन  मरेको भनेर रिसाउछअहिले नै किनअझै बढी बचेको भए हुने , आदि इत्यादी मोल तोल गर्दै लामो   समय पछि मात्र मृत्यु स्वीकार्छ अनि मात्र उसले रेस्ट इन पिस लेख्न सक्छ/ (Five stages of grief  ;denial, anger, bargaining, depression and acceptance.) तर यहाँ फेस्बुके मित्रको व्यवहार हेर्ने हो भने यी सबै चरण पार  गरेर लाइक रिप लेख्न पर्खेर बसेको अनुभति हुन्छ/

कसैको घरमा  कसैको मृत्यु भैसके पछि हिन्दुहरुको कठोर परम्परा  , कपाल खौरेर, सेतो बस्त्रले बेरिएर कारुणिक अबस्थामा बसिरहेको मान्छेको फोटो खिचेर "आज समबेदना ब्यक्त गर्दा " भन्ने टाइटलका पोस्ट गर्दा केहि सोच्नु पर्दैन ? आफ्नो एउटा प्रोफाइल  पिक्चर चेन्ज गर्दा एडिट गर्नेहरुले त्यस्ता संबेदनशील फोटो राख्दा सोच्नु पर्ने बेला भएन ?

हो घटनाहरु हुन्छन . मान्छे मर्छन , के श्रद्धान्जली ब्यक्त गर्दा क्षत-विक्षत अनुहार भएको शवको फोटो राख्न आवश्यक ? के उनीहरुको हशिलो अनुहार पोस्ट गर्न सकिदैन ताकी जो कोहि देख्नेले  मनमा सधै त्यो मान्छेको हशिलो अनुहार राख्न पाओस ! हामीले यो थाहा पाउन जरुरि रही छ कि फेस्बुके साथीहरु मात्र संबेदनहिन भएर समबेदना दिन सक्छन, ह्याप्पी बर्थडे र कंग्राचुलेसंस तपाइको वालमा टास्न सक्छन तर तिनीहरु तपाइको जन्ती र मलामी हुन् सक्तारहिनछन / तपाइको बेदनामा बरु उल्टै नुन चुक पो छर्किन पुग्दा रहिछन जानी नजानी , होइन र ?


फेसबुकमा कस्तो फोटो राख्न पाउने वा नपाउने भन्ने सम्बन्धमा के कानुन नै बनाउनु पर्ने हो? यसको नियमन गर्न के पुलिस नै खटाउन पर्ने हो ? तर हामीले     हरेक कुरालाई नियम कानुन पर्खेर बस्ने हो भने हामी कहिलै सभ्य उन्नत हुन् सक्दैनौ, हामीले हामीसंग भएको थोरै विवेक, थोरै नैतिकता प्रदर्शन गर्न सक्नु पर्छ, अरुलाई पर्ने दुख पीरलाई आफुले आत्मसाथ गर्न सक्नु पर्छ, फेसबुकमा ब्यक्त गरिने संवेदनाले औपचारिकता पुराहोला  तर वास्तविक रुपमा चहराई रहेको घाउमा सान्त्वनाको मलम लगाउन सक्दैन /

No comments:

Post a Comment