"साबधान ! तपाई खुल्ला दिसा पिसाब मुक्त क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ " ठूला ठूला अक्षरमा लेखिएका साइनबोर्डमा यी अक्षरहरु पढे पछि मलाई म नेपाली हु भन्ने भाबले गहिराई सम्म छुन्छ / जतिसुकै टाई , शुट र बूटमा सजिए पनि मैले मेरो तस्बिर त्यही बोर्डमा पाउछु / हामी नेपाली हौ, हामीलाई यस्ता पाठ सिकाउन अझ कति दशक लाग्ने होला , कति एन जी ओ र आइ एन जी ओ हरुले कति लाख डलर खर्च गर्नु पर्ने होला ! सोच्दै कहाली लाग्छ /
महंगो कारमा चढ्नेहरुले
कार बाटोको छेउमा पार्किंग गरेर बाटोकै छेउमा मुत्र बिसर्जन गरेको देख्दा, धेरै पढेको छु भन्दै आफुलाई शिक्षित वर्गमा राख्ने हरुले बाटो क्रस गर्न जेब्रा क्रसिंग सम्म पुग्ने कष्ट नगरेको देख्दा, आकाशेपुलको मुनिबाट बाटो काट्ने यात्रुहरुको ताती देख्दा ,
ठूलो महल बनाएर समाजमा आफुलाई बेग्लै स्तरको नागरिक प्रमाणित गर्न खोज्नेले आफ्नै घरको गेट अगाडिको सानो खाडल
(जुन पुर्न उसको घर निर्माणको कुल लागतको ०.० १ % पनि पर्दैन ) नपुरेर नगरपालिकाले केहि गर्दैन भन्दै सबै संग भनेको सुन्दा,
मलाई लाग्छ हामीले अनुशासनका पाठ धेरै पढ्यौ , तर
पालना गर्न सिकेनौ , सिद्धान्त
धेरै पढ्यौ , तर
व्यवहार पढ़ेनौ, अधिकार
धेरै पढ्यौ ,
तर कर्तब्य पढ़ेनौ / सायद यहि अन्तरले गर्दा आजकल हामीहरु धेरै जान्ने बुझ्ने भएका छौ, धेरै बोल्ने भएका छौ , अनि कम सोच्ने , कम सुन्ने र काम नगर्ने भएका छौ /
आजकल सार्वजनिक सौचालय नबनाईकनै कुनै पनि क्षेत्रलाई "खुल्ला दिसा पिसाब मुक्त क्षेत्र" भनेर घोषणा गरेर ठूलो होडिङ्गबोर्ड टास्ने फेशन नै भएको छ / हामीले
मनमनै गर्व गर्छौ, हाम्रो टोल त "खुल्ला दिसा पिसाब मुक्त क्षेत्र" हो भनेर तर सोच्नुस त हामी क्रमिक बिकाशको क्यालेण्डरमा कहाँ छौ होला / बिरालोले दिसा गरेर आफै पुर्छ, तर हामी दिसा पिसाब खुल्ला ठाउमा गर्नु हुदैन भन्दै प्रचार प्रसार गरिरहेका छौ / अझै पनि हामीलाई दिसा पिसाब चर्पीमा गर्नु पर्छ भनेर प्रचार गर्न लाखौ खर्च गर्नु परेको छ / पाकेटमा
आइ फोन बोक्दैमा, इन्टरनेट चलाउदैमा, चिटिक्क परेर हिड्दैमा, हाम्रो विकास हुदो रहिन्छ, हामी सभ्य भैदो रहिनछ
/ बिहानभरि बागमती सफा गर्न जाने तर आफ्नो घरको ट्वाइलेटको ढल त्यहि बागमतिमा मिसाउनजेल हामी जति हप्ता बागमती सफाई अभियानमा सहभागी भएपनि त्यसको अर्थ रहदैन भनेर कहिले बुझ्ने होला हामीले !
"देशले यो दिएन र त्यो दिएन , सामाजिक सुरक्षा जिरो छ हाम्रो देशमा" भन्छौ हामी , तर सोच्नुस त हामीले सामान्य नागरिकले गर्ने भूमिका निर्वाह गरेका छौ कि छैनौ ? के हामीले समान किने पछि हरेक सामानको बिल लिन्छौ? के हामीले केटाकेटी हरुलाई बिल लिन सिकाएका छौ ? हामीले किन्ने समानबाट राज्यले कर लिएर पछि हामीलाई सामाजिक सुरक्षा दिने होइन र ? हामी कतिले आम्दानी करहरु नियमानुसार तिर्छौ?
भ्याट बिनाको बिल माग्नेहरु कति छौ ? यी स-साना कुराहरुले
राज्यको जीवनमा कति असर पर्छ भनेर हामीले कहिले कुन कोर्ष बुकहरुमा पढ्ने होला ? तर
हाम्रो सधै यौटै डाइलग हुन्छ "गोबरमेण्ट नै खत्तम छ " /
शारीरिक
हिसाबले हामी एक्काइसौ
सताब्दीमा छौ , हामीले उपभोग गर्ने सुबिधाहरु अत्याधुनिक छन्, न्युयोर्कमा आज बिमोचन भएको नया ग्याजेट १/२ दिन मै न्युरोडमा किन्ने क्षमता राख्छौ हामीले / तर अफसोच ! त्यो ग्याजेटको कति प्रतिशत फंग्सन
हामीले प्रयोग गर्न सक्ने भएका छौ ! हामीलाई कहिल्यै हेक्का छैन / हर समय हामीहरु आजकल इन्टरनेटको पहुचमा छौ तर हामी कतिले त्यसको सहि सदुपयोग गरेका होलाऊ ? हामी कति नेपालीका लागि इन्टरनेट भनेको फेसबुक र फेसबुक भनेकै इन्टरनेट होला ?
आजकल हामीले जिउने जीवन प्याराडक्सले भरिएको छ / हाम्रो बोलाई र
गराईमा भिन्नता छ , हाम्रो सोचाई र गराईमा अन्तर
छ / हाम्रो सोचाई अत्यन्त अत्याधुनिक छ ,काम गराई अत्यन्त रुढिबादी छ, हाम्रा सिद्धान्त अत्याधुनिक
छन् तर विचार संकिण छन् / हामी समानता र जातियताका
कुरासंगै गर्छौ , के स्वतन्त्रता , के स्वच्छन्दता हामीलाई सम्मै छ, अधिकारका कुरा गरि रहदा कर्तब्य कुन चरीको नाम हो हामीलाई के थाहा ? हामी भ्रस्टचारको बिरोध गर्छौ तर भ्रस्टचारीको गर्दैनौ / आफ्नो ज्वाईं
वा छोरा वा आफन्तको अफिस राम्रो देख्छौ , प्रशंसा
गर्छौ , यदि उसले २/३ बर्षमा घर जग्गा जोड्यो भने/ तर कहिल्यै आम्दानीको स्रोत खोज्दैनौ/
सोच्दैनौ उ भ्रस्टचारी हो भनेर बरु प्रशंसा गर्छौ उसकै / उक्साउछौ अरुलाई भ्रस्ट बन्न
अप्रत्यक्ष रुपमा / अनि चिया पसलमा चर्का चर्का कुरा गर्दै बिरोध गर्छौ भ्रस्टचारको
!
त्यसैले
जब त्यो होडिङ्ग बोर्डमा मेरा आखा पर्छन मलाई मेरो वास्तविकताको बोध हुन्छ, त्यहा मैले मेरो प्रतिबिम्ब पाउछु, मेरो
समयको खास परिचय पाउछु ,
मेरो वास्तविक नेपाली हुनुको पहिचान ! त्यहा पाउछु मैले मेरा जिन्दगीका आधारहरु , मैले बाचेका जिन्दगीका स्वरुपहरु, मैले जिउने र भोग्ने काल खण्डका अन्तरहरू / म जति उफ्रे पनि , मेरो
उफ्राइ भ्यागुताको जस्तै न हो, विश्व एक्काईसौ सताब्दीमा चलि रहदा मेरा वास्तविक पाइलाहरु अझै सय बर्ष पछाडी भए जस्तो लाग्छ ,मेरो अध्यन , मेरो सोचाई , मेरो बुझाइ , गराई अपुरो र अपूर्ण लाग्छ / म जति सुकै माथि उठेको अभिनय गरे पनि , आफुलाई जति सभ्य र भब्य ठाने पनि , मेरो उचाई लघुमानवको भन्दा ठुलो छैन जैले सम्म हाम्रा टोल छिमेकमा ठुला ठुला अक्षरमा लेखिनेछन सुचनाहरु "साबधान ! तपाई खुल्ला दिसा पिसाब मुक्त क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ "/
No comments:
Post a Comment