२/३ दिन अगाडी यौटा समाचार पढे पछि मलाइ अचम्म लागिरहेको छ / सपना हो कि बिपना छुट्याउन गार्हो पर्यो / पहिले त हेडलाइन पढेर स्किप गरिदिए , पत्यार नलागेर / फेरी अनलाइन खबरमा सोहि समाचार पढे , मनमनै यसले पनि ऊढिया खबर लेखेछ भने / तर सो समाचार महामारी भएर सबै पत्रिकामा आउँन थाल्यो, के कान्तिपुर , के नागरिक , के सेतोपाटि / पत्याउ, कसरि पत्याउ ? नपत्याउ , जताततै त्यहि खबर मात्र छ / हिजो मात्रै डराइ डराइ साथीसंग प्रसङ्ग निकाले, उनले पनि हावा समाचार भन्दिए / यो मन त्यसै दोमनमा अल्झी रह्यो / एकतिर सत्य भैदिए हुन्थ्यो जस्तो लाग्थ्यो , अनि सुन्दर बिकसित नेपालको कल्पना गर्थे भने अर्को तिर आफैलाई कति बेवकुफ हु जस्तो लाग्थ्यो त्यस्तो समाचार पत्याएकोमा /
को हो यो कुलमान घिसिङ्ग भन्ने नया मान्छे ? यसरि एकैचोटि उपत्यकालाई लोड्शेडिङ्ग मुक्त गराईदिने ? धेरैले सोच्दै होलान
यो मान्छेले इनभर्टर पनि बेचेर खान नदिने भयो ? साच्ची इनभर्टर र ब्याट्री बेच्नेहरूको के हाल हुन्छ अब ? "लोड्शेडिङ्ग छ हजुर त्यसैले एक प्रति फ़ोटोकपिको दश रुपिया " भन्नेको अब के हुन्छ ? हजुरको काम हिजै हुन्थ्यो हजुर , लोड्शेडिङ्गले गर्दा भोलि मात्र होला जस्तो छ भन्नेहरुले अब के भन्ने ? लोड्शेडिङ्ग एप्स बनाऊनेहरुले अब के गर्ने ? लोड्शेडिङ्गको रुटिङ्ग बनाएर महंगोमा फोटोकपी गरेर बेच्नेको अब के हुन्छ ? घर -घरमा किनेका इन्भर्टर र ब्यट्रिको हालत अब के हुन्छ ? सोलार सम्म त ठिकै छ, त्यो जेनेरेटरले अब के गर्ने ? अझ अचम्म त यो देशलाई अझ कयौ बर्ष सम्म लोड्शेडिङ्ग मै राखेर अकुत सम्पति आर्जन गर्न खोज्ने हरुको के हुन्छ ? के अब कुलमान सबैका सत्रु भएर नेपालीका प्यारा हुने हुन्?
खोलाका लाइसेन्स झोलामा राखेर बिद्युत उत्पादन गर्न नदिदा नदिदै पनि यी कुलमानले जादु नै गरिदिएका हुन त ? हाम्रा नदिहरु बरु बगेकै ठिक छ, किन सन्धि सम्झौता गर्नु पर्यो भन्दै जलबिद्युतका आयोजना बनाउन नदिदा नदिदै यी कुलमानले उपत्यकालाइ लोड्शेडिङ्ग मुक्त कसरि बनाउन सके ? के यो रहस्य अरु कसैलाई थाहा थिएन कि ? कि यस्तो रहस्य थाहा हुदाहुदै देशलाई लोड्शेडिङ्गको बन्धक बनाएर किर्नाले जस्तै देशको रगत चुस्नेहरुको संख्या बढेको थियो बिगतमा ?
लोड्शेडिङ्ग हाम्रो दैनिकी बनेको थियो /लोड्शेडिङ्गको रुटिङ्ग घरका र अफिसका भित्तामा टास्थ्यौ, मोबाइलमा एप्सहरु डाउनलोड गर्थ्यौ / लोड्शेडिङ्गकै आधारमा हामीले हाम्रा कार्यक्रमहरु बनाऊथ्यौ र खुरु खुरु पालना गर्थ्यौ / त्यसरी स्वाभाविक रुपमा दशैँ पछि लोड्शेडिङ्गको रुटिङ्ग आउछ भनेर बसेका हामी जनतालाई लोड्शेडिङ्ग मुक्त भन्दा जतिको शकिंग र अपत्यारिलो समाचार अरु के हुन् सक्छ ?
लोड्शेडिङ्ग हुँदा कति सजिलो थियो बहाना बनाउनलाई / सुत्न मन लाग्यो, आह आज बत्ति छैन , सुत्न पर्यो भन्दै सुतिन्थ्यो / कति सजिलै कामहरुलाइ पछि गरौला भन्दै टार्न पाईन्थ्यो / अब के गर्ने होला ? कयौ बर्ष लोड्शेडिङ्ग हाम्रो सुख दुखको साथी भएको थियो / मैले पनि इन्भर्टर किने भन्दै साथीलाई देखाएको हिंजो जस्तो लाग्छ , लोड्शेडिङ्ग नभएको भए मैले कसरि फुर्ति देखाउन पाउदो हुँ र ? साच्चै भन्नुहुन्छ भने मैले त के, कुनै नेपालीले यसरि लोड्शेडिङ्गबाट मुक्त भइन्छ भनेर सायदै सोचेका थिए / मैले आज मात्रै एक जना साथीलाई सोधेको यो तिहारले गर्दा हो, चिन्ता नगर्नुस लोड्शेडिङ्गले नेपालीलाई धोका दिदैंन भन्दै थिए /
पोहर साल यति बेलातिर के पी ओलीले एक बर्षमा नेपालीलाई लोड्शेडिङ्गबाट मुक्त गरिदिन्छु भन्दा हामी सबैले हावाकुरा भनियो , अहिले यो के आश्चर्य र अचम्म भैरहेछ २ हप्ता भन्दा बढी भैसक्यो बत्ति जादैन / मरे जान्न / तिहार भनेर नगएको होला भनेको त तिहार गएकै २/४ दिन भैसक्यो / आज त प्रधान मन्त्रीले पनि उपत्यकालाई लोड्शेडिङ्ग मुक्त गर्ने भन्ने निर्देशन दिएर जस आफ्ना पोल्टामा राख्न पो खोज्दै छन् / जे होस् कहिले काहि नसोचेको खोलाले बगाउछ भन्थे , हिजो आज मलाइ त्यस्तै भै रहेछ / तपाइलाई नि ?
दलालका तारो बनेपनि ,सबैलाई दिउसै तारा देखाईदिएर, नेपालीका प्यारा बनेका कुलमान घिसिङ्गलाइ सारा नेपालीको तर्फबाट बधाई र शुभकामना छ /
No comments:
Post a Comment