Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Sunday, November 20, 2016

नेपाली पत्रकारिता : मेरो अनुभूति !


गत बिहिबार कान्तिपुरमा "सुमनसंग" कार्यक्रम  हेरेपछि स्तब्ध भएको छुपक्कै पनि कार्यक्रममा आमन्त्रित कन्चन शर्माको बारेमा थाहा पाएर स्तब्ध नहुने को होला ? एक पटक उनका  पति छोराहरुलाई नधिक्कार्ने यो समाजमा को होला ? तर नेपाली पत्रकारिताले एक पटक फेरी सबैलाई सोच्न बाध्य बनाएको / के हामीले हाम्रा मेडियाहरुले हामीलाई पस्केका सबै समाचारहरु सत्य तथ्य हुन् जसलाई हामीले आखा चिम्लिएर बिस्वाश गर्नु उचित हो ? अथवा मेडियाहरुले पस्केका समाचारहरुलाई हामीले आफै  विश्लेषण गरेर फिल्टर गरेर पत्याउनु पर्ने हो ? राष्ट्रिय स्तरमा कहलिएका मेडियाहरु समेत कतिपय ठाउँमा चिप्लेको देख्दा तमाम मान्छेहरुको ज्ञानको श्रोत मानिएका यी मेडियाको तथ्यपरता , निस्पक्षता बिस्वनियता मै गहिरो चोट पुगेको अनुभूत भएको हुन्छ  /
मीडियाले हाम्रो बिबेक लाइ कसरी ब्रेन वाश गर्छ ?r
गत साल राष्ट्रिय दैनिक नागरिकले दिल शोभाको आमाघरको बारेमा बेश्याबृतिको संगिन आरोप लगाउदै पहिलो पृष्ठमै समाचार छाप्यो / उक्त समाचारमा दिल शोभालाइ  लामो खोजमुलक पत्रकारिताको हवाला दिदै उनले अहिले सम्म गरेका कामलाई माटोमा मिलाई दिएको थियो / नागरिकमै छापिएको हुँदा  सबै  पाठकले  बिश्वाश  गरेर त्यो समाचार पढेर आफ्नो धारणा  गराएका थिए / आफुले श्रद्धा गरेकी देवी ठानिएकी दिल शोभाप्रति सबै पाठकले थुकको खोलो बगाएका थिए / पुरै समाजले उनलाई घृणाको नजरले हेरेको थियो / तर त्यो समाचार सत्य थिएन , भ्रम पूर्ण थियो / के त्यसको जिम्मेवारी स्वरुप पत्रिकाले अर्को सस्करणमा "क्षमायाचना प्रार्थी " का दुइ शब्द लेखेर उम्कन मिल्छ ? के दिल शोभाको बर्षौको मिहेनतबाट बनेको सामाजिक प्रतिस्ठा राष्ट्रिय पत्रिकाको एकै सस्करणले क्षत विक्षत गराउदा त्यसलाई कारवाही गर्ने कुनै निकाय छैन ? गाउँका  कुना कुना सम्म सर्व साधारणले यिनै पत्र पत्रिका पढेर आफ्नो धारणा बनाऊछन् , तर्क बितर्क गर्छन तर ति बिचराहरुलाई के थाहा हाम्रा राष्ट्रिय भनिने मेडिया को हालत यस्तो भनेर !

"सुमनसंग" भन्ने कार्यक्रमकै कुरा गरौ / उक्त कार्यक्रमको नामै  काफी   / कान्तिपुर टेलिभिजन , अनि सुमन खरेल / त्यो भन्दा अरु के चाहियो श्रोता पाठकका लागि / तर के त्यो कार्यक्रमा कन्चन शर्माको  एक पक्षीय  भएन ? के सुमन खरेलले हामी श्रोतालाई उनका पति छोराहरुको प्रतिक्रिया   पनि लिएर प्रसारण गर्नु पर्ने थिएन ? यदि  उनले उक्त इन्टरभ्यू पहिला पतिलाइ देखाएर, त्यसको प्रतिक्रिया लिएर  मात्र प्रसारण गरेको भए आम मान्छेले  कमसेकम  सहि धारणा गराउन सक्थे ति पति पत्नीका बारेमा / हो कन्चन शर्मा लाई अन्याय भएको होला तर समाचारको अर्को साइड के हो भनेर जान्ने अधिकार आम पाठक श्रोतालाई हुदैन ? सुमन खरेल जस्तो  प्रतिष्ठित पत्रकारले संचालन गरेको कार्यक्रममा   आम श्रोतालाइ आधा समाचार पस्केर धारणा बनाउन लगाइन्छ भने अरु को हालत के होला ?

सबै भन्दा दुखको कुरा अहिले हामीले बनाउने विचार धारणा,   हाम्रा ज्ञानका श्रोत जे भने पनि यिनै मेडिया भएका छन् / यी मेडिया जे भन्छन हाम्रा लागि परम सत्य त्यहि हो / यिनीहरुले लेखेका , प्रसारण गरेका कुरा अकाट्य हुन्छन हाम्रा लागिहामीले गर्ने चिया गफ हुन् या सिरियस चिन्तन प्राय यिनै मेडियाले बनाएको हुन्छ / हामी तर्क - बितर्क गर्छौ यिनलाई आधार बनाएर तर कहिल्यै सोच्दैनौ यिनीहरुको यथार्थ धरातल / / वटा राष्ट्रिय  मेडिया हाउस लागे भने अहिले हाम्रो देशमा सेतो कालो हुन्छ / कालो उतिखेरै सेतो हुन्छ / अहिले आम मान्छेले डाक्टर गोबिन्द केसी वा लोकमान वा सुजाताका  बारेमा जे धारणा बनाएका छन् ति सबै मेडिया कै आधारमा बनाएका छन् ति  सबै सत्य तथ्य परक छन् जस्तो लाग्दैन / कति यथार्थ वा कति मन गढन्ते भनेर कसरि   छुट्याउने आम पाठकले ? कसरि फिल्टर गर्ने सर्वसाधारण पाठकले ?


राज्यको चौथो अंग भनेर चिनिने पत्रकारितामा कुनै नियन्त्रण छैन अहिले / मेडिया छाडा भएको आजकल  हाम्रो नेपालमा /अनलाइनमा जसले जे लेखे पनि हुने , ब्लगमा जे लेखे पनि हुने , जसको चरित्र जसरि हत्या गरिदिए पनि हुने, पत्रकार भने पछि जे मा पनि छुट हुने प्रबिर्ती बढेको / सायद त्यसैले यो  कहिले दिल शोभासंग चिप्लिन्छ , अनि कहिले अनुजाको एक करोड काण्ड मा चिप्लिन्छ अनि कहिले सुमनसंग चिप्लिन्छसत्य, तथ्य निस्पक्ष समाचार पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाऊछु भन्ने पाठक सधै बिचरा हुने भयो हाम्रो नेपालमा / कहिले होलान हाम्रो मेडिया  गर्व गर्न लायक , भरोसा गर्न लायक अनि ढुक्क संग पढ्न पढाउँन लायक ?

No comments:

Post a Comment