Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Monday, October 10, 2016

दशैमा काठमाडौँ

हरेक दशैमा,
जो जताबाट आएका थिए ,
तिनीहरुलाई त्यतै पठाईदिएपछि,
शान्तिको श्वास फेर्दै,
आफू रित्तिएर ,
तातेको इन्जिन चिस्याउन,
थकित थकित भएर,
तिनै यात्रु फर्किएपछि,
पुन भरिएर,
यात्रा शुरु गर्ने सुरमा ,
एक्लै स्टेसनमा रोकिएको,
यात्रु बिहिन,
खाली सिटले भरिएको,
पूरानो ट्रेन जस्तो,
हाम्रो राजधानी
 काठमाडौँ /

No comments:

Post a Comment