भगवानले त्यो पुरा गरि दिए /
![]() |
Photo Credit: Narendra Shrestha, Twiter |
केहि बर्ष पहिले अमेरिकन लेखक हेमिङ्ग वे को यौटा कथा " The Old Man and the Bridge" पढेको थिए जसमा युद्धको बेला एउटा बृद्ध आफ्ना परेवा र बाख्रालाइ छोडेर भाग्न परेको कारुणिक कथा थियो / त्यो बुढालाई तिनै जनावरको सम्झनाले मर्ने बेला सम्म सताइरहेको थियो / कथा भावुक थियो तर काल्पनिक लाग्थ्यो तर आज सामाजिक संजालमा यो फोटो हेरेपछि हेमिङ्ग वे ले लेखेको कथाका पात्र त यिनै नेपाली पो रहिछन / मात्र फरक कथाको पात्र मानब सिर्जित युद्धको त्राशबाट भागिरहेको थियो तर आज यी बुढा प्रकृतिको विनाशकारी लिला भोगिरहेका छन् /
अहिले देश विपदमय छ / बाढीले बैशमत्त भएर के धनि के गरिब सबैका घर घर चहारेको छ/ सबैको खुसि बढारिदिएको छ/ बिपन्नहरुको बिचल्ली बनाइदिएको छ / तर यो तस्बिरले आजको बिचल्ली भन्दा पनि मानबिय समबेदनाका कुनाकन्तरालाइ कोट्याउन सफल छ/ यो मान्छेको पशु प्रेम हेर्नुस त !
अहिले सम्म उसले के गरेन होला बाच्नका लागि ! हिजोको दिनमा हरेक मान्छेले जस्तै उसले रिस , लोभ , लालच, झुट ,छल , जे जे गरेपनि आज उसले जे भोग्दै छ, त्यो कति कारुणिक छ,एक पटक सोचौ त !हिजोका दिन हरुमा उसले गरेका त्यत्रो जीवन संघर्ष र आजको दिनको जीवन संघर्षमा कति फरक छ होला ?
यो तस्बिर हेरेर को शान्तसंग बसी रहन सक्ला? त्यो मान्छेका बारेमा नसोचिरहन को सक्ला ? कस्तो दुखद परिस्थिति भोगी रहेछ आज उसले ! फेरी कस्तो प्रेम ति पशुप्रतिको ? के उ एक्लै भाग्न सक्दैनथ्यो ? के उसको अरु सम्पति थिएन? उसको मानवता अनि जीवनप्रतिको संघर्ष कसका लागि प्रेरणादायी नबन्ला ? मात्र यौटा फोटो काफी छ जीवन दर्शन बुझ्न/
हाम्रा दौड के का लागि? सारा काम कर्तब्य बिर्सेर, मानवता,नैतिकता र इमानलाई तिलान्जली दिदै आफ्नो स्वार्थको जोहोमा दौडि रहेकाहरुलाइ यो तस्बिरले कति चिमोट्छ होला ?
त्यो मान्छे पशुको ज्यान बचाउन त आफ्नो ज्यान हत्केलामा राखेर मेरीमेटेको छ भने अब हामी सबैले आ-आफ्नो ठाउँबाट ति बाढीपिंडितहरुलाई के गर्न सकिन्छ सोच्ने हो कि ?
No comments:
Post a Comment