१
आमाको माया,
कहिल्यै नरित्तिने,
हिमनदि झैँ !
२
उच्च प्राप्ताङ्क,
गुणस्तरीय शिक्षा,
ज्ञान न विवेक !
३
मताधिकार,
उस्तै उस्तै रहिछ,
कौमार्य जस्तै !
४
आगो र पानी,
नेता र नैतिकता,
संगै टिक्दैनन् !
५
हाम्रो कानून,
हिलेगिद्ध र झिंगा,
माकुरेजालो !
६
नशालु तिमी ,
सँगै पढ्ने बाहना ,
एकान्तकुना !
७
हल्लै हल्लामा
हिलोले हानाहान,
हाम्रो राजनीति !
८
हरेक बर्ष,
उमेर सम्झाउने,
ह्याप्पी बर्थडे !
९
आयू घटे नि ,
उमेर बढेकै छ,
जन्म दिनमा !
१०
राम्रो जीवन,
धप्प बल्छ र निभ्छ,
मैनबत्ति झैं !
११
छोटो जीवन,
मैनबत्ती र केक,
ह्याप्पी बर्थडे !
आमाको माया,
कहिल्यै नरित्तिने,
हिमनदि झैँ !
२
उच्च प्राप्ताङ्क,
गुणस्तरीय शिक्षा,
ज्ञान न विवेक !
३
मताधिकार,
उस्तै उस्तै रहिछ,
कौमार्य जस्तै !
४
आगो र पानी,
नेता र नैतिकता,
संगै टिक्दैनन् !
५
हाम्रो कानून,
हिलेगिद्ध र झिंगा,
माकुरेजालो !
६
नशालु तिमी ,
सँगै पढ्ने बाहना ,
एकान्तकुना !
७
हल्लै हल्लामा
हिलोले हानाहान,
हाम्रो राजनीति !
८
हरेक बर्ष,
उमेर सम्झाउने,
ह्याप्पी बर्थडे !
९
आयू घटे नि ,
उमेर बढेकै छ,
जन्म दिनमा !
१०
राम्रो जीवन,
धप्प बल्छ र निभ्छ,
मैनबत्ति झैं !
११
छोटो जीवन,
मैनबत्ती र केक,
ह्याप्पी बर्थडे !
No comments:
Post a Comment