Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Thursday, April 11, 2024

शुभकामना नयाँ बर्षको !

 मौषम बदलिएको छ आजकल,

न गर्मी छ, न जाडो,  

परिवेश  पल्लवित छ,  

चराचुरुङ्गिको चुरीफुरी बढ्दो छ, 

चहलपहल बेग्लै छ  ,

पारदर्शी पहिरनमा सजिएर हिड्नेहरु, 

सबैको शान छ शहरमा, 

के साँच्चै नयाँ बर्ष आएको हो र? 


'यस्ता बर्ष कति आए, कति गए' 

भन्नेहरुपनि छन् यहाँ, 

'यो बर्षपनि दिनहरु तप्प तप्प चुहिएर, 

शीतका थोपा जस्तै,

थाहै नपाई सकिएछन् ' भन्नेहरुपनि छन् यहाँ, 

तर 

पोखिएका दिनहरु संगालेर भरिएको अनुभवको जिन्दगी देखाइदिने मन छ, 

त्यही भरिएको अनुभवले नयाँ बर्षका हरेक दिन रङ्गाउने मन छ ! 


मेरो यात्रा क्षितिजतिर लम्किदैं छ, 

अब म मेरो जिन्दगीबाट जुन पोखिएर खेर गएको कुरा गर्दिन, 

सुन सकिएर फलाम मात्र रहेको गुनासो गर्दिन,  

अब  मलाई  चराले जस्तो आफ्नै शरीर ठुँगेर,

आफ्नै बिगतको घाउ कोट्याएर,

विगतमै  हराउन मन छैन,

बरु तिनै चोटहरुलाई  सिढि बनाएर,

सफलताको शिखर चढ्नु छ । 


अब  म गन्तब्य बिर्सेर बाटोमा हराएको, 

अलपत्र यात्रु पनि त होइन, 

दौडदै गर्दा बाटोमा सुतेको खरायो पनि त होइन,  

ज्ञान र अनुभवको आगोमा हाम फाल्दै गर्दा,

कतै सुस्ताएँ जस्तो, कतै अस्ताएजस्तो देखिएँ हुँला, 

तर अडिग, अचल मेरो सपना पूरा गर्न,

आइसक्यो त नयाँ बर्ष !

No comments:

Post a Comment