Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Thursday, April 13, 2023

Happy New Year 2080

 हेर्दाहेर्दै,

तप्प तप्प गर्दै मैन बत्तिबाट थोपा  खसे जस्तै,

'हिजो', 'आज ' र 'भोलि' भएर, 

झरेर सकिएछन क्यालेण्डरका पानाबाट 

एक बर्षका दिनाङ्गकहरु ! 


बर्षौ भयो, 

यस्ता दिनहरुको कति हत्या गरियो,

लेखाजोखा गरिएन,  

कयौ दिनहरुले आफैलाई,

लखेट्दै, लखेट्दै, 

यहाँ सम्म ल्याई पुर्याएका छन!

आजपनि यो बर्षको सबैभन्दा कान्छो दिनलाई बलि दिएर  

भोलि अर्को बर्षको सबैभन्दा जेठो दिनलाई स्वागत गर्नु छ, 



हामी क्यालेण्डर फ़ेर्छौ, 

दिनहरुले हाम्रा रुपरंग फ़ेर्दिनछन, 

 हाम्रो लुकामारी चलेकै छ, 

आखिर जे भनेपनि,

'दिन' लाई मार्ने र दिनले मार्ने 

क्रम चलेकै छ निरन्तर ! 

No comments:

Post a Comment