तिमी र उ ,
फरक-फरक,
दुइ थान जिन्दगि !
बाहिरीबाट झट्ट हेर्दा,
संगै पढेका, संगै हुर्केका , संगै खेलेका,
तिमी र उसले ले हिड्ने बाटाहरु एउटै थिए,
तिमीहरु बस्ने बस्तिहरु पनि एउटै थिए,
तिमीले पनि एउटा भोको पेट भर्ने भनेरै भौतारिएका जस्तो देखिन्थ्यौ ,
अनि उसले पनि भोकाएर भोजनकै लागि भौतारिएको जस्तो देखिन्थ्यो, ,
दुबैका जिन्दगि उस्तै उस्तै देखिन्थे ,
तर आजकल तिमी उस्तै देखिन्छौ,
उ बेग्लै देखिन्छ !
तिमीलाई तिमीले बोकेको भारीले
च्याप्दा -च्याप्दा,
हिड्नै नसक्ने हुँदा पनि ,
तिमीले कहिल्यै बिसाउन चाहेनौ,
निरन्तर हिडी रह्यौ ,
आफ्नै गतिमा,
तिमीलाई मतलब भएन,
संगै हिडेका को कहाँ पुगे,
अथवा कसले भारी संगै बोकेर हिडे ,
अथवा कसले भारी बिसाएर कुदे,
मात्र सम्झी रह्यौ ,
तिमीले त्यो भारी छोड्न हुँदैन,
त्यसैले निरन्तर बोकिरहयौ !
सकेपनि बोक्यौ, नसके पनि बोक्यौ।
तर तिमीलाई के थाहा ?
उसले बोकेको त्यो भारी,
उहिल्यै पहाडको फेदमै बिसाएर,
ऊ चुचुरोमा पुगिसकेको थियो !
आजकल,
उसको सफलता देखेर
तिमीलाई पनि लाग्दो हो,
म पनि हिडिदिञ्छु उसकै बाटोमा,
बिसाएर भारी,
नैतिकता र चरित्रको,
सत्य र न्यायको,
सत्कर्म र धर्मको !
उसको सफलता देखेर
तिमीलाई पनि लाग्दो हो,
मैले पनि उसले जस्तै गरिदिउ ?
अँह , हुन्न साथी,
बरु असफल नै भएर मर ,
तर उ हिडेको बाटो कहिल्यै नहिंड !
No comments:
Post a Comment