उहिले मुसाहरु माथि सिंह राज चलेकोबेला ,
खान नपाएका एक हुल
बिरालाहरु
एक साथ
बाहिर निस्केका
थिए,
बिरालाहरुले मुसाहरूको
अधिकार हनन
भो भन्दा,
धेरै मुसाहरु
चकित भएका
थिए ,
आफुले आफैलाई
धिक्कारेका थिए
,
आफ्नो अधिकार
खोज्न पनि
,
हामीलाई अरुले
भन्नु पर्ने
,
अरुले नै
सिकाउनु पर्ने
,
कस्तो बिडम्बना
भन्दै
धेरै मुसाहरु
बिरालाकै पछि
लागे,
आफ्नै उन्मुक्तीक
लागि /
मुक्तिको आन्दोलनमा
धेरै मुसाहरु
शहीद भए
,
कुनै बिरालो
मरेको सुनिएन,
लामो संघर्ष
पछि,
बिरालोले मुसाका
नाममा शाशन
गर्ने भएछ/
खोई के
भएको हो?
आजकल लुरे
बिरालाहरु
ढाडे भएका
छन,
ढाडे बिरालोले
मुसाहरूको फार्म
खोलेको छ
,
उ मुसाहरुकै
लागि लड्दै
छ रे
,
मुसाहरु लाई
स्वतंत्र बनाउने
रे ,
उनीहरुकै राज्य
बनाउने रे,
बिचरा मुसाहरु
!
उन्मुक्ति कै
सपनामा ,
एक एक
गरेर सकिने
भए !
No comments:
Post a Comment