
प्रचण्डको श्रद्धाको अन्जली आफ्नो समाधिमा पर्दा , गान्धीको आत्मा खुसीले उद्धेलित होला कि ग्लानिले ? के पुष्प कमल दाहाल अब साचिकै गान्धीका पथमा हिड्न खोजेका हुन् त? बर्षौ सम्म आतंक बादीको बिल्ला भिरेर हिडेका प्रचण्डलाई गान्धीको आत्माले माफ दिन सक्ला कि नसक्ला ? बेला बेलामा 'अहिलेको समयमा बुद्ध भएको भए पनि हिंशालाई सहि ठान्थे' भन्ने प्रचण्ड लाई गान्धीको आत्मा ले स्वीकार्ला कि नस्विकर्ला ?
के प्रचण्डको गान्धी प्रतिको यो श्रद्धा, लक्ष्मी प्रसाद देवकोटाको जस्तो " आखिर श्री कृष्ण रहिछ एक " भने जस्तो बिगतको पश्चाताप त होइन ? यदि प्रचण्डले अहिशाका पूजारी गान्धीको समाधि अन्तरात्मा देखि नै भेटेका हुन् भने यो नेपाली राजनीतिका लागि ठुलो फड्को हुने छ किन कि अबका दिन हरुमा हिंशाका बाटो तय गर्न खोज्ने बिप्लव लगायतका पार्टीहरुको गन्तब्य पनि प्रचण्डको जस्तै राजघाटमा गएर टुंगिने निश्चित छ , अब सबै पार्टीहरुले हिशाबाट प्राप्त शक्ति र सत्ताले शान्ति दिदैंन भन्ने बुझ्ने छन् ! नेपाली जनताहरुलाई जनयुद्धका नाममा एक पटक मुर्ख बनाइयो, अबका दिनमा प्रचण्डको इतिहास पढ्ने जो कोहिले बुझ्ने छन् युद्धका डोबहरु मेटाउन कठिन छ यद्दपि रत्नकरहरु बल्मिकिको भूमिकामा बदलिने छन् ! यदि यो भेट राजनीतिक नाटक होइन भने , कुटनीतिक मन्चन होइन भने ,धेरैले प्रचण्ड बाट धेरै कुरा सिक्नु जरुरि पनि छ, आउदा दिनका लागि !

राजतन्त्रको जग हल्लाउने प्रचण्डको हिंशात्मक नेतृत्व र ब्रिटिश सम्राज्यबादको अन्त्य गर्ने गान्धीको अहिंशात्मक नेतृत्व, आन्दोलन पुरा भएपछी काठमाडौँ पुगेर गान्धी बन्ने सपना बाडेका प्रचण्ड, आन्दोलनको सफलता पछि विभिन्न कुटिल खेल खेल्दै दोश्रो पटक प्रधान मन्त्रि भएका छन् भने आन्दोलन को सफलता पछि प्रधानमन्त्रिको पदलाई अस्विकार गरेका गान्धीको बिचारले प्रचण्डलाई कसरि प्रभाब पार्छ त्यो भविष्यमा देख्न पाईएला नै / मेरो उत्सुकता के प्रचण्ड मार्ग र गान्धी मार्गको फ्युजन बाट निस्केको सुमार्गी मार्गले अबको हाम्रो मार्ग तय हुने हो ?
https://www.facebook.com/Nagarikaawajnews/posts/1176183932462154
ReplyDelete