Welcome to my World of Letters
'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'
Monday, September 12, 2016
बिदाका कुरा !
म मेरो अफिसको आफ्नो कुर्चीमा बसेको थिए ,एक जना अभिभावक आउनु भयो र भन्नु भयो हिजो किन स्कुल बन्द नगरेको सर? मैले स्वभाबिक उत्तर दिने प्रयास गरे, हिजो लोसार भएपनि हाम्रोमा धेरै विद्यार्थी लोसार मनाउने छैनन् , मात्र २/३ जनाको लागि पुरै बिद्यालय बन्द गर्न भन्दा ति २/३ जना बिध्यार्थीहरुको छुटेको कक्षाहरु रिभिजन गर्ने गरि कक्षा संचालन गर्दा उपर्युक्त्त हुन्छ होला जस्तो लागेर बिद्यालय खोल्ने निर्णय गरेका हौ , तपाईहरुको पर्वमा हाम्रो पनि सम्मान छ / तर उहा अझ कड्किदै भन्नुभयो " तपाई हरुले सुनियोजित रुपमा हामीहरुको पहिचान मेटाउन खोज्दै हुनुहुन्छ , फेरी यस्तो गर्नु भयो भने म हाम्रो सस्था मार्फत अघि बढ्नु पर्ने हुन्छ, सोच्नुहोला तर म विद्यालयको शुभचिन्तक हु , रहने छु यसलाई अन्यथा नलिनुहोला सर " मैले आफ्नो तर्फ़ बाट ब्याख्या गर्ने प्रयास गरे तर उहा मेरो विचार सुन्न धैर्य राख्नु भएन /
हिजो फेरी अर्को अभिभावक आउनु भयो र भन्नु भयो "सर भोलि हाम्रो इद हो तपैहरुको दशैँ जस्तै , भोलि त बिदा गर्नुहुन्छ होला नि ? अस्ति नै पनि गर्नु भएन , हाम्रो पर्व भन्नु नै यी दुइवटा हुन् , सरकारले दिएको बच्चाको बिदाको अधिकार तपाईहरुले काट्नु भएन नि "
यस्ता घटनाहरु हामी बिद्यालय संचालक हरुले धेरै भोग्नु परेको छ आजकल ! कहिले राजनीतिक हड्ताल र बन्द , कहिले पर्वहरुको बन्द , कहिले सरकारले गर्ने सरकारी बन्द हरुले बिध्यार्थिहरु आफ्नो नियमित पठन पाठन प्रक्रिया बाट बन्चित भैरहेका छन् , यसले बिद्यार्थीहरु को परिणाम मा असर त पर्छ नै त्यस बाहेक त्यस बन्द हुने दिन लाई उसले सदुपयोग गरेको पाइदैन , बरु घुम्ने र बढी बाटोमा खेल्ने गरेको गुनासो अभिभावक बाट सुन्न पाइन्छ , दुर्घटनाको जोखिम बढेको अनुभब सुन्न पाइन्छ ! खास गरेर यस्तापर्वहरुमा ति पर्व नमान्ने बिद्यार्थीहरुलाई बिदा दिनुको खासै महत्त्व देखिदैन बरु त्यो पर्वको बारेमा परिचय हुने कार्य क्रम बिद्यालयमा संचालन गर्न सके राम्रो हुञ्छ ! तर त्यो अवस्था अहिले को अबस्थामा माथि उल्लेख गरिएका अभिभावकले स्वीकार गर्नु हुन्न /
बिदा गरौ , पढाउनपर्ने कोर्श सकिएको हुदैन, अनि धेरै बिध्यार्थिहरु स्वयम् आफै यो पर्व मान्दैनन , आफ्नो स्वर्णिम दिन लाई सदुपयोग गर्दैन , अभिभावकहरुले भने जस्तै घरमा बस्दैनन् र असुरक्षाको जोखिम बढ्छ , शिक्षक कर्मचारीलाई दिने तलब उनीहरुले काम नगरेपनि पाउने तर बिध्यार्थिले त्यस दिन नपढे पनि फि तिर्नु पर्ने !
बिदा नगरौ , सरकारको निर्णय अबज्ञा, पर्व मान्नेहरुको अधिकारको कटौति , पहिचानमा धक्का, आदि इत्यादी!
आजको इदको उदाहरण लिउ, हाम्रो बिद्यालय मा ५ जना ले मात्र यो पर्व मनाउछन , अरु शिक्षक , कर्मचारी तथा बिद्यार्थीका लागि यो चिट्ठामा परेको फजुल बिदा बाहेक केहि होइन ! ति ५ जना बिध्यार्थिलाई छुटेको पाठहरू हरेक शिक्षकहरुले अर्को हप्ता रुटिन बनाएर पढाई दिने व्यवस्था मिलाउन सकिन्छ कि ? हाम्रो जस्तो बहु जातीय र बहु धार्मिक देशमा यस्ता सबै पर्व हरुमा सबैलाई बिदा गर्नु कतिको उचित हो ? गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ, सबैलाई खुसि पार्न खोज्दा हामीले पाउने भन्दा गुमाउने पो बढी हुन्छ कि? अनाबस्यक फजुल बिदाले सेवा हरु अबरुद्द हुनु उचित हो त? हामी आफ्नी धर्म , जात भन्दा माथि उठेर यस्ता बिदाका बारेमा सोच्न ढिला भएनर ?
आज सरकारी कार्यालय हरु पनि बिदा छन् , जनताले पाउने सेवा सुबिधा इद नमान्ने कर्मचारी बाट प्रवाह गराउन सकिदैन र? अब दशैँ र तिहार आउदै छन् , झन् लामो बिदाका पर्वहरु , के ति पर्वहरुमा गैर हिन्दु कर्मचारी हरु आएर सेवा प्रवाह गर्ने ब्यबस्ता सरकारले मिलाउन सक्दैन ? यदि बिशेस भत्ताको व्यवस्था गर्ने हो भने धेरै हिन्दु धर्म मान्ने कर्मचारी अफिस आउँन तयार छन् , के सरकारले बिदा बस्न चाहने कर्मचारीलाई सरकारी बिदा र बस्न नचाहनेहरुलाई बिशेष भत्ता दिएर पर्वका दिनहरुमा पनि कार्यालय संचालन गर्न सकिदैन र ? यस तर्फ़ ध्यान जानु आवस्यक छ अबका दिनहरुमा/ पक्कै पनि कतिपय क्षत्रमा पूर्ण रुपमा यस्ता बिदाहरू मा कार्यालयहरु सुचारु गर्न कठिन होला तर असम्भब छैन !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment