म जब एक्लो हुन्छु ,
अनि सोच्छु भगवानको लिला !
कति मस्त सुत्न सक्या होला कुम्भकर्ण बनेर,
मान्छे बनाउनु नै थियो भने ,
यो सृष्टि मान्छेकै जिम्मा लगाउनु थियो भने ,
किन भर्न नसक्या होला थोरै भए पनि मति ,
सायद हुने थिएन उनकै सृष्टिको यस्तो गति ,
यदि भगवानले आफनै स्वरुपमा मान्छे रचेका भए !
म हिड्छु जब गल्लीहरुमा ,
अनि भेट्छु ति दुखि आत्माहरु
अनि प्रश्न गर्न मन लाग्छ ,
किन भर्नु पर्यो आफ्नै सृष्टिलाई,
भोक , रोग र शोकले ?
अनि अभाबै- अभाबले ?
ए भगवान!
एक मुठी मुस्कानले छ्याप्न सक्दैनौ अनुहार तिनीहरुको ?
मलाई एउटा यस्तो भगवान बनाउने रहर छ,
मेरो आफ्नै दृस्टीको ,
अनि त्यो भगवानले रचना गर्ने छ,
नौलो सृष्टिको,
हुनेछैन उसको सृष्टिमा,
कुनै विभेद , अन्याय र अत्याचार,
हुने छैन त्यो भोक रोग र शोक ,
अभाब हुनेछैन, जाँगरको , उत्साहको ,
अभाब हुनेछैन,
एक मुठी मुस्कानको ,
एक अन्जुली खुसीको !
म एक स्वप्निल द्रस्टा ,
तिमि भगवान मेरो श्रस्टा !
(Note: I have written this poem under the influence of Bhupi Serachan's poetry, I am indebted to him)
No comments:
Post a Comment