Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Monday, April 20, 2020

कोरोना कविता


आजकल मान्छेहरु,
सुत्दा-सुत्दै थाकेर,
फेरि सुत्न जान लागेजस्ता देखिन्छन।


सबै बदलिएको आजकल,
बदला लिने गरि नै बदलिदियो,
मान्छेहरुलाई।


आफ्नो भाग्य आफै कोर्छौ भन्नेलाई,
कोरोनाले कोर्न नदिइ,
क्वारेन्टाइनमा बन्दी बनाएर,
कोरिदिएको ,
जिन्दगिको नयाँ समय तालिका!


जस्तोसुकै दलदलमापनि,
अदलबदल नहोउन,
हाम्रा गन्तब्यहरु,
बादलमा लुकेको सुर्य जस्तै,
उदाउनु छदैंछ एकछिनपछि।

No comments:

Post a Comment