परिवार नै बच्चाको पहिलो पाठशाला हो/
बच्चाले बिद्यालयबाट भन्दा घरमा उसले सिकेका कुराहरु बढी उपयोगी हुन्छन उसका लागि/
उसका बुवा आमा नै उसका पहिला र सबैभन्दा बढी
अशल शिक्षक हुन्/ तर आजकल शहरीया जीवनमा बालबालिकाहरुलाई बाबु-आमाहरुले धेरै समय दिएको पाइदैन / सानै उमेरदेखि
मन्टेश्वरी स्कुलमा आफ्नो बच्चालाई भर्ना गरिदिएर
सम्पुर्ण जिम्मेवारी विद्यालयलाई सुम्पेको जस्तो महशुस हुन्छ/ बच्चाका आनिबानिहरु सुधार्न
अभिभावकहरुले के गर्न आवश्यक छ यसका बारेमा मैले मेरो दुइ दशक लामो विद्यालयको अनुभबबाट सिकेका कुराहरु
ब्यक्त गर्न चाहन्छु/
आफ्ना बालबालिकाको भबिष्य कसरि राम्रो बनाउने भन्ने बारेमा हरेक बाबुआमाहरु चिन्तित हुन्छन नै / हरेक बाबु-आमाहरुमा आफुले जुन कुराको अभाब वा दुखको अनुभब आफ्नो जीवनमा भोग्छन , त्यो आफना छोराछोरीले कहिल्यै भोग्न नपरोस भन्ने कामना हुन्छ/ यसका लागि उनीहरु जस्तो सुकै मूल्य चुकाउन तयार हुन्छन/
उनीहरुले आफना छोराछोरीको बानी ब्यबहारमा सुधार ल्याउन खोजिरहेका हुन्छन तर भुलवश वा अन्जानमै उनिहरुबाट बच्चाहरुलाई कसरि
हुर्काउने भन्ने ज्ञानको अभाबमा बच्चामा खराब बानी बस्न गएका उदाहरण प्रशस्त भेट्न सकिन्छ/ यस लेखमा आफ्ना साना नानी बाबुहरुलाई कसरि राम्रो बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्ने प्रयास गरिएको छ/
1. बच्चाका लागि एउटा नियम र आफ्ना लागि अर्कै नियम नबनाउनुहोस,:
हामी प्रायले घरमा बच्चालाई मात्र नियम बनाउछौ तर त्यो नियम हामी आफैले मानी रहेका हुदैनौ/ हामी अभिभावकले प्राय बच्चाले खाना खाने बेलामा कार्टुन हेर्छ भनेर गुनासो गछौ, तर आफुले खाना खादै समाचार वा टक शो हेरी रहेका हुन्छौ/ कसैले त कार्टुन देखाउदै खाना खुवाउछौ/ अनि अघि पछि कार्टुन हेर्यो भनेर गुनासो गर्छौ, आफुलाई मन लाग्दा कार्टुन हेरेको ठिक र आफुलाई मन नपर्दा कार्टुन हेर्नै हुन्न भन्ने मान्यता राख्छौ/ तपाइको बच्चाले धेरै टिभी हेर्यो भन्ने तपाइको गुनासो छ भने
तपाइले धेरै मोबाइल चलाउनु हुन्छ भन्ने उसको गुनासो हुन् सक्छ/ तपाई जे गरि रहनु भएको हुन्छ उसले पनि त्यही सिकिरहेको हुन्छ/ त्यसैले घरका परिवार सबैले एउटै नियम मान्ने व्यवस्था बनाउनु जरुरि छ/ यदि तपाइले किताब पढ्नुहुन्छ भने बच्चाले पनि पढ्ने
सम्भावना बढी हुन्छ/
2. टिभी त्यति खराब छैन बच्चाकालागी जति हामी अभिभावक सोच्छौ:
टिभी तथा कार्टूनलाई प्राय अभिभावकहरुले नकारात्मक रुपमा लिएको पाइन्छ/ कार्टूनबाट बच्चाले धेरै सिक्न सक्छ/ उसले आफ्नो बाताबरणमा कहिल्यै देख्न नपाउने कुराहरु उसले कार्टूनबाट सिकिरहेको हुन्छ/ समुन्द्र , मरुभूमि, पानीजहाज, कंगारु , बाघ, भालु आदि हाम्रो लागि पो सामान्य हुन् तर बच्चाका लागि पहिलो पटक देख्दा कस्तो हुन्छ आफै कल्पना गर्नुस त ! मोटु-पत्लु कार्टुन कति कल्पनाशील छ, कहिल्यै सगै हेरेर त्यसको नैतिक शिक्षा बच्चालाइ
बताउनु भएको छ ? यदि बच्चाले मोबाइल मा धरै गेम खेल्छ भने उसलाई निश्चित टाइम
लिमिट तोक्न सकिन्छ, अर्थात् दिनमा एक पटक एक घण्टा वा हप्तामा शुक्रबार र शनिबार मात्र
गेम खेल्न दिने नियम बनाउन सकिन्छ/ बच्चा त्यति अबुझ हुदैन जति हामी अभिभावक प्राय हुने गर्छौ/
3. सानो बच्चालाई ठुलो मानिसलाई जस्तो नजिस्काउनुहोस :
हामी अभिभावकहरुले प्राय बच्चाहरुलाई गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्ड छ कि छैन भनेर सोध्छौ/ बच्चाको साथीलाई बिनासितै गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्डको ट्याग लगाई दिएर मनोरंजन लिन्छौ/
सानै उमेर देखि नै उसको दिमागमा गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्डको कन्सेप्ट राखी दिन्छौ/ उसलाई गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्ड त बनाउनु पर्दो रहिछ जस्तो भान पारिदिन्छौ/ अर्थात्
गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्ड बनाउन प्रोत्साहन गर्छौ / अनि उसले ठुलो भएर साचिकै गर्ल फ्रेण्ड वा ब्वाय फ्रेण्ड छ भन्दाका दिन
स्वीकार्न सक्दैनौ / सानो छ भनेर कपालको अनौठो स्टायल बनाईदिन्छौ, ड्रेसको अनौठो स्टायल बनाईदिन्छौ/
त्यहि बच्चा ठुलो भएर कपालको आफनै स्टायल बनाउदा हामीलाई मन पर्दैन / त्यसैले आफुलाई बच्चा ठुलो भए पछि जुन कुरा नगरोस भन्ने लाग्छ ति कुराहरु बच्चालाइ सानो छदा नसिकाउनुहोस/
4. टिचर संग भन्दिन्छु भनेर कहिल्यै नभन्नुस :
धेरै अभिभावकहरुले प्राय भन्ने एउटा डाइलग छ 'टिचर संग भन्दिन्छु, टिचर लाइ फोन गर्दिन्छु' / वास्तबमा यो डाइलगको शुरुवात नै बुवा आमाको असफलता बाट शुरु हुन्छ/ यदी तपाइको बच्चाले तपाइले भनेको मान्दैन र तपाईसंग पनि
जायज कुरामा डरौदैन भने मान्नोस उ अब तपाइको नियन्त्रणमा छैन/ केहि दिन त टिचर लाई फोन गर्नु होला तर सधै तपाइले टिचरलाई भन्दिन त सक्नु हुन्न/ अनि बच्चाले तपाइलाई झन् टेर्न छोड्छ / त्यसैले बच्चालाई आफनो नियन्त्रण र डरमा राख्नुहोस् , उसलाई अन्याय नहुने गरि डर देखाउनुहोस/
5. बच्चाको प्रसंशा गर्नुहोस्:
प्राय अभिभावकहरुले आफ्ना बच्चाको प्रसंशा उसको अगाडी गरेको पाइदैन बरु आफ्नो बच्चाको अगाडी उसको साथीको प्रसंशा गरेको पाइन्छ/ यसले बच्चामा नकारात्मक असर पर्छ/ हामीले सानो गल्तीमा ठुलो गाली गर्ने तर जति सुकै राम्रो काम गरे पनि स्यावास भन्दैनौ/ त्यस्तो हाकिम पाराले बच्चामा पनि नकारात्मक असर परेको हुन्छ/ बरु हामीले उसले गरेका साना साना कामको पनि प्रसंशा गर्ने गरेमा उसको मनोबल बढ्छ/ उसका राम्रा बानिहरुको प्रसंशा गर्दा उसले ति बानीहरुलाई निरन्तरता दिन्छ/ यदि बच्चा बिहानमा चाडै उठछ भने उसको प्रसंशा गरिदिनुस/ तपाईका आफन्तहरु आएका बेलामा प्रसंग जोड्दै
बाबु त बिहानै उठ्छ भन्दिनुस , ताकी उसलाई सधै बिहान उठ्न झन् प्रेसर परोस/
6. पढ्ने कुरामा लोभ नदेखाउनुहोस :
प्राय अभिभावकहरुले बच्चाहरुलाई
राम्रो रिजल्ट ल्याइस भने यो किन्दिन्छु र त्यो किन्दिन्छु भनेको पाइन्छ/ परिणाम स्वरुप बच्चाले पनि त्यहि बस्तु पाउनका लागि पढ्छ न कि ज्ञान बढाउनका लागि / 'राम्रा अक्षर लेख मैले आइस क्रिम किन्दिन्छु' भन्नु भयो भने उसले आइस क्रिम पाउनका लागि मात्र राम्रा अक्षर लेख्छ/ तर तपाइले राम्रा अक्षर लेखाउन उसलाई सधै आइस क्रिम किन्दिन त सक्नुहुन्न/ तसर्थ उसलाई राम्रा अक्षर किन लेख्नु पर्छ भनेर सिकाउनु होस् बरु आइस क्रिम
वा अरु केहि
किन्दिन मन छ भने 'सरप्राइज गिफ्ट ' वा 'टोकन अफ लभ' भनेर किन्दिनुहोस/
7. खतरा मोल्न
(रिस्क म्यानेजमेन्ट गर्न) दिनुहोस :
आजकल हामी हाम्रा बच्चाहरुलाई १००
% सेफ्टी दिन्छौ/ बाटोमा खेल्न जान दिदैनौ, बाटोमा हिड्दा हात समाएर हिडाउछौ/ बाटो
क्रस गर्दा हामी नै डोर्याउछौ, पसलमा उसलाई समान किन्न पठाऊदैनौ / उसलाई चाहिने सामानको
छनौट हामी गर्दिन्छौ/ अर्थात् उसले सोच्नु पर्ने र गर्नु पर्ने हरेक काम हामी गर्दिन्छौ/
उसलाई परजिबी बनाईदिन्छौ/ तसर्थ उसलाई पनि यो समाजमा योग्य बनाउनका लागि सानै देखि
स्वतन्त्र रुपमा निर्णय लिने अवस्था सिर्जना गरिदिनुहोस/ उसलाई अप्सनहरु दिनुहोस तर
निर्णय नगरिदिनुहोस / बाटोमा हिड्दा कसरि जोगिने , बाटो कहाबाट कसरि काट्ने भन्ने उसले
नै सोच्नु पर्छ/ जब हामी १००% सेफ्टी दिएर उसलाई खतरा मोल्न बाट बन्चित गराउछौ , कुनै
डिसिजन लिन दिदैनौ , उ बिस्तारै अपांग जस्तो भैरहेको हुन्छ /भनिन्छ नि उसलाई त्यसबेला
सम्म दौडन र उफ्रिन दिनुहोस जति बेला सम्म उ झन्डै लड्न लागेको होस् / तर हामी उसलाई
त्यसरी स्वतन्त्र छोड्न तयार छैनौ, परिणामस्वरुप
बच्चा स्मार्ट हुने सम्भावना पनि कम हुदै जान्छ /
8. होमर्क गराउने ट्युसनमा नपठाउनुहोस :
प्राय अभिभावकहरुले आजकल बच्चालाई
सानै कक्षा देखि नै महँगो फि तिरेर होमर्क गराउन ट्युसन पठाउने गरेको पाइन्छ/ यसले गर्दा कक्षामा पढाउने शिक्षक र ट्युसन पढाउने शिक्षकको पढाउने तरिका नमिल्न सक्छ / बच्चाले बेलुका ट्युसनमा पढी हालिन्छ भनेर कक्षामा ध्यान नदिन सक्छ / बिषय शिक्षकले
पनि आफ्नो जिम्मेवारी ट्युसन
शिक्षकलाई पनछ्यौन सक्छ /
होमर्क त विद्यार्थीले दिउसो पढेको पाठको रिभिजन हो, उसले नबुझेको भए अर्को दिन बिषय शिक्षकले बुझाई दिनु पर्छ/ जब ट्युसन टिचरले होमर्क सिकाई दिन्छन , स्कुलको टिचरलाई लाग्न सक्छ बच्चाले सबै जानेको छ , बुझेको
छ/ तर बच्चाले बुझेको हुदैन / तसर्थ बच्चाले
गर्ने होमर्क घरमा
पनि नसिकाईदिनुहोस/
चाहे
सहि
गरोस
या
गलत /
मात्र उसले पुरा होमर्क गर्छ
कि गर्दैन भनेर बहुत ध्यान दिनुहोस /बरु त्यो होमर्क
राम्रो संग करेक्सन
भएको छ कि छैन
भनेर उसको कपि नियमित जाच गर्नुहोस / नियमित स्कुलमा गएर बिषय शिक्षकहरुसंग छलफल गर्नुहोस /
9. कृतिम अभावको सिर्जना :
आजकल अभिभावकहरुले बच्चाका हरेक मागहरु पुरा गरिदिएको पाइन्छ / उसलाई अभाब के हो , गरिबी के हो , दुख के हो , त्यसको अनुभब नै हुन् पाउदैन / उसका हरेक इच्छा र लहडहरु बुवा-आमाले पुरा गरिदिन्छन / उसले
भन्यो
भने तपाई एउटा बोरो किन्न सक्नुहुन्छ , एउटा हात्ती पनि किन्न सक्नुहुन्छ तर हात्तीलाई बोराभित्र राख्न त सक्नु हुन्न नि / त्यसैले तपाईका लिमिटेसन उसले थाहा पाउन जरुरि छ/ कहिले काही हाम्रा बुवाले पनि कुनै कुरा किन्न सक्नुहुन्न , उहासंग पनि अभाब छ भन्ने अनुभूति उसलाई दिन आवश्यक छ / नाकाबन्दीको बेलामा हामीले पेट्रोल र ग्यासको महत्व जसरि बुझेका थियौ, त्यस्तो महत्व तपाइको बच्चालाइ तपाइले दिदै आएको सुबिधा कटौती गरेर,
कहिले काही कृतिम अभाब सिर्जना गरेर भएपनि महशुश गराउन आवश्यक छ / यस्तो भएमा उसले जीवनका आरोह - अबरोह नजिकै बाट भोग्न पाउछ र पछिका दिनहरुमा पनि उसलाई सजिलो हुन्छ /
10. घरको काममा लगाउनु होस् :
यदि बच्चालाई साचिकै सक्षम गराउने हो भने सानै देखि उसलाई घरको काम गर्न लगाउनुहोस/ काम गरेर कोहि सानो हुदैन भन्ने भावना सानै देखि सिकाउनु होस् / आफ्ना अण्डरवेर , भेस्ट , मोजाहरु आफै धुन लगाउनुहोस, चिया बनाउन लगाउनुहोस , कहिले काही भान्सामा खान बनाउन लगाउनुहोस ताकी उसले सबै कुराहरु सिकोस / उसलाई आफ्नो कोठा आफै सफा गर्नु पर्छ भन्ने सिकाउनुहोस् / सिढीहरु , आगन तथा गार्डेनमा उसलाई पनि कहिले काही काममा लगाउनुहोस / यसले बच्चालाई परिपक्क हुन् र काम प्रतिको श्रद्दा बढाउछ /
11. बच्चालाई प्रशस्त समय दिनुहोस
आजकल
हामी धेरै ब्यस्त हुने गर्छौ / हामीहरु प्राय घरमा आउदा बच्चा सुतिसकेको हुन्छ र अर्को दिन बिहान पनि बच्चासग बिताउन
समय
मिल्दैन / बच्चाका गतिबिधिहरुपनि हामीलाई थाहा नहुन सक्छ / तसर्थ हरेक दिन कमसेकम एक घण्टा साझ बच्चासंग संगै बिताउने गर्नुहोस / संगै खान खानुहोस , टिभी हेर्नुहोस , आफ्ना बिगतका
कथाहरु बताउनुहोस / पारिवारिक माहोल बनाउनुहोस/
यसले एकातिर
तपाई र बच्चाको बिचमा सुमुधुर सम्बन्ध बनाउछ भने, अर्को तिर तपाइको भविष्यको सम्पति कसरी हुर्की रहेको छ भन्ने जानकारी तपाई संगै भइरहने छ / वास्तविक जीवनको खुसि र आनन्द पनि त्यसमै छ नि , होइन र ?
12. आफ्नो घरको बिशिस्ट संस्कार सिकाउनुहोस :
बच्चालाई संस्कार दिनु हरेक अभिभावकको पहिलो दायित्व हो/ हामीले हाम्रो बच्चामा हाम्रा पुस्ताका बिशिस्ट कुराहरुलाई हाम्रा बालबालिकाहरुमा हस्तान्तारण गर्नसक्नु पर्छ/ यसका लागि हामीले हाम्रा चालचलन , रितिरिवाज जस्ताको तस्तै उनीहरुलाई सिकाउन आवश्यक छ / आधुनिकताको नाममा यदि हामीले ति रितिरिवाज सिकाएनौ भने उनीहरुले कहिल्यै सिक्न सक्दैनन् / यदि तपाइलाई तपाइको छोराले खुट्टामा ढोगेको मन पर्छ भने उसलाई सानै देखि त्यो बानी सिकाउनु होस् , कहिल्यै पनि हातमा नढोगाउनुहोस / घरमा पाहुना आउदा बच्चालाई आफ्नो परिचय दिन लगाएर
पाहुनाहरुको पनि परिचय माग्न लगाउनुहोस ताकी अर्को पटक भेट हुदा उसले उनीहरुसंग निर्धक्क बोल्न सकोस / यसो गर्दा बच्चाले आफुलाई परिपक्क भएको महसुस गर्छ / अभिबादन गर्ने
, धन्यवाद
भन्ने , गल्ति गरेमा सरि भन्ने , अरुलाई सहयोग गर्ने , अरुको चित्त दुखाउने ब्यबहार नगर्ने ,
जस्ता आनीबानी
बच्चाले घरमै सिक्ने अवसर हामीले दिन सक्नु पर्छ /
No comments:
Post a Comment