युगौदेखि निरन्तर,
यौटै लय र गतिमा दौडिरहेका ,
घडिका सुईहरु,
हरेक दिन,
हरेक पल ,
कुनै हतार-हतार गर्दै,
कुनै बिस्तारै,
आफ्नै सुर र तालमा
जसरी दौडिएपनि,
आखिर घडिभित्रै घुम्दा रहिछन /
बर्षौ भयो,
तिनीहरु जति हतारिए पनि ,
न थकित छन्,
न आफ्ना लागि दौडिञ्छ्न,
न कहीं पुग्छन ,
न केही पाउँछन ,
फगत तिनीहरुको दौड जारी छ ,
मान्छेको जिन्दगीको दौड जस्तो !
No comments:
Post a Comment