Welcome to my World of Letters

'Hearty Welcome to my little world of Letters where I'm spontaneously spilled over in my soliloquies. The thoughts and feelings, expressed over here, are solely mine and they have nothing to do with my profession.'

Wednesday, June 10, 2020

म सपनाहरुको भारी बोक्ने एक मजदूर !

ठूलो सपना देख्नु पर्छ भनेर,

सानै देखि सिकाइएको ,

हरदम , हरपल सपना बोकेर हिंडेको छु,

सपनाको भरीया बनेर,

जिन्दगीका अनन्त उकाली-ओरालीमा,

कहिल्यै कहीं पुग्न नसक्ने गरी।

सपनाहरुको भारी बोक्ने एक मजदूर !

 

मुलतबीमा पारिएका मेरा सपनाहरुलाई,

निरन्तर बोकेर घुमिरहेको छु,

अविचलित भएर अनन्त यात्रामा,

कतै चोइटिएर नचूढियून,

 मेरा अग्ला सग्ला सपना, 

सतीदेवीको पार्थिभ  शरीर जस्तै,

अङ्गभङ्गभएर ठाउँ ठाउँमा


1 comment:

  1. Poem written on May 1, 2020 on the occasion of Labor's Day

    ReplyDelete